Trending :
 
समाचार हरु

वीरगन्जमा कर्फ्यु लागेपछि सुरक्षा व्यवस्था कडा, अवस्था तनाव ग्रस्त छः प्रजिअ भुसाल

फागुन ७, २०८० काठमाडौँ । वीरगन्ज महानगरपालिका क्षेत्रमा साँझ ५ बजेपछि कर्फ्यु लागेपछि सुरक्षा व्यवस्था कडा गरिएको छ । दुई समुदायबिच द्वन्द्व हुनसक्ने भन्दै स्थिति सामान्य बनाउनका लागि जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु आदेश जारी गरेपछि सुरक्षा व्यवस्था कडा गरिएको हो । वीरगन्जमा सुरक्षा व्यवस्था कडा पार्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए । प्रशासनले कर्फ्यु आदेश पालना गराउनका लागि नेपाल प्रहरीबाट ५ सय र सशस्त्र प्रहरीबाट ५ सय गरी