फागुन ६, २०८० काठमाडौँ । सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका नेकपा माओवादी केन्द्रका नेता रेवतराज पुरी ‘गगन’लाई ४ करोड ३ लाख ३४ हजार रुपैयाँ जरिवाना सुनाइएको छ। विशेष अदालतले यसअघि नै उनलाई दोषी ठहर गर्दै फागुन ६ गतेलाई सजाय निर्धारणका लागि तोकेको थियो। जसअनुसार पुरी र उनकी श्रीमती सीमा भनिने केशावती पुरीलाई ४ करोड ३ लाख ३४ हजार ८९४ रुपैयाँ जरिवाना सुनाइएको छ।