फागुन ६, २०८० काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थारु समुदायलाई निजामती सेवामा छुट्टै आरक्षणको व्यवस्थासहितको संघीय निजामती सेवा विधेयक संसदमा छिटै प्रस्तुत गरिने बताएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद कल्पना चौधरीले उठाएको प्रश्नको जवाफ दिँदै उनले, मौलिक हकको भावना तथा मर्म सर्वोच्च अदालतको परमादेशको कार्यान्वयन हुनेगरी थारु समुदायलाई निजामती सेवामा छुट्टै आरक्षणको व्यवस्थासहितको संघीय निजामती सेवा विधेयक संसदमा छिटै प्रस्तुत गरिने प्रतिवद्धता जनाएका हुन् ।