Trending :
 
समाचार हरु

सिद्धबाबा सुरुङ १ सय ६६ मिटर खनियो

असार ४, २०८१ काठमाडौं । सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा सुरुङ १ सय ६६ मिटर खनिएको छ । आयोजनाका अनुसार कुल १ हजार १३६ मिटरमध्ये आइतबारसम्म १६६.२८ मिटर खन्ने काम पूरा भएको छ । उत्तरतर्फबाट ७६.१२ र दक्षिण तर्फबाट ९०.१६ मिटर खनिएको छ । यससँगै सुरुङको भौतिक प्रगति १२.६३ प्रतिशत पुगेको छ ।