देश पृष्‍ठ
प्रमुख समाचार
 

चीनको सिमाना कोरला नाकामा विद्युत् सेवा विस्तार

बैशाख २३, २०८१ काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिका-१ स्थित चीनको सिमाना कोरला नाकामा विद्युत् सेवा विस्तार भएको छ । समुन्द्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको कोरला नाकामा यसअघि विद्युत् लाइन पुगे पनि ट्रान्सफर्मर जडान र वितरण नहुँदा सेवा पुगेको थिएन ।