असार ३०, २०८१ काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालबाट शुक्रबार बिहान ३ बजेर ३० मिनेटमा त्रिशूलीमा खसेका दुई वटा डिलक्स बस अझै फेला परेका छैनन् । शुक्रबार र शनिबार दिनभरको प्रयासपछि पनि फेला नपरेपछि आज पनि बिहानैदेखि खोजी कार्य सुरु गरिने भएको हो ।