देश पृष्‍ठ
प्रमुख समाचार
 

नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख बढी रकम चोरी

बैशाख १८, २०८१ काठमाडौँ । वीरगन्जमा रहेको नबिल बैंकको शाखाबाट एक करोड ३४ लाख रुपैयाँभन्दा बढी नगद रकम चोरी भएको छ। बाइपास सडकमा रहेको बैंकको शाखाबाट गत आइतबार राति १ करोड ३४ लाख ६५ हजार रुपैयाँ नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।