देश पृष्‍ठ
प्रमुख समाचार
 

उपनिर्वाचनः बझाङ प्रदेश सभामा एमालेका दमन भण्डारी निर्वाचित

वैशाख १७, २०८१ काठमाडौं । बझाङमा भएको उपनिर्वाचनमा प्रदेश सभा सदस्यमा नेकपा एमालेले जित हासिल गरेको छ। एमालेबाट उम्मेदवार रहेका दमन भण्डारी निर्वाचित भएका हुन्। उनले नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गरे। निर्वाचनका कार्यालयका अनुसार निर्वाचित भण्डारीले ११ हजार ६१२ मत प्राप्त गरेका छन्। यस्तै उनका प्रतिस्पर्धी कांग्रेसका सिंहले ११ हजार ३४६ मत प्राप्त गरे। सिंहभन्दा २६६ मतको झिनो अन्तरले भण्डारी निर्वाचित भएका हुन्।