बिर्सने रोग

के तपाईंहरु पनि बिर्सने रोगबाट पीडित हुनुहुन्छ ?

श्रावण ०८,२०७५

-

साउन ८, २०७५ काठमाण्डौ l 
 
 
एम्नेशिया (Amnesia)  त्यो स्थितिको नाम हो जब कुनै व्यक्ति स्मृतिमा संग्रहीत जानकारीहरुलाई पुनः स्मरण गर्न सक्दैन l  यो चलचित्र एवं किताबहरुमा लोकप्रिय विषय हो तर यथार्थमा भने यसले विभिन्न समस्याहरु निर्मित गरी सहज चलिरहेको जीवनलाई असहज बनाउने काम गर्दछ l  एम्नेशिया (स्मृतिलोप) रोगले पीडित व्यक्तिहरुको लागी अतीतलाई याद गर्न, नयाँ जानकारी हरुलाई संग्रहीत गर्न तथा भविष्यको कल्पना गर्न समेत गाह्रो हुने गर्छ  l यसको कारण हो कि हामीहरु अतीतको अनुभवहरुको आधारमा नै भविष्यको परिदृश्य या कल्पनाहरु गर्ने गर्दछौं l
 
स्मृतिलोपका प्रकारहरु-
 
१. Retrograde Amnesia मा रोगी आफ्नो पुराना स्मृतिहरुलाई स्मरण गर्नमा असमर्थ हुन्छ l जस्तै- आफ्नो बालपनको स्मृतिहरू, यस्तो प्रकारको स्मृतिलोपमा व्यक्तिले सिकेको अथवा याद गरेको
 
सूचनाहरुलाई आवश्यकता अनुसार स्मरण गर्न सक्दैन l यो रोग सामान्यतया टाउकाको केहि भागमा आघात अथवा मस्तिष्कको क्षतिको कारण हुने गर्छ l
 
 
२.  Anterograde Amnesia- यो रोगमा व्यक्तिले कुनै पनि नयाँ जानकारीहरु स्मरण गर्न सक्दैन l बिर्सने यो रोगपनि सामान्यतया मस्तिष्कको क्षतिको कारणले हुने गर्छ l मस्तिष्कमा यस्तो क्षति विभिन्न कारणहरुले हुने गर्छ l जस्तै- लामो समयसम्म रक्सीको ज्यादा सेवन, गम्भीर कुपोषण, स्ट्रोक, टाउकामा चोट, एन्सेफ्लाइटिस, सर्जरी, वर्निक-कोरसॉफ सिंड्रोम आदि l
 
 
३.  Post - Traumatic Amnesia पोस्ट - ट्रोम्याटिक एम्नेशिया रोग सामान्यतया टाउकामा चोट लागेको कारणले हुने गर्छ l जस्तै- टाउकामा कुनै गह्रुङ्गो सामान झरेर अथवा गम्भीर दुर्घटनाद्वारा हुने गर्छ l यो रोग अक्सर केहि समयको लागि हुने गर्छ l बिर्सने यस रोगको अवधि चोटको गंभीरतामा निर्भर हुने गर्छ l
 
 
४.  Wernicke- korsakoff's syndrome रोग लामो समयसम्म रक्सीसेवनले हुने गर्छ l  जुन व्यक्तिहरुले लामो समयसम्म रक्सीसेवन गर्दै आएका छन् उनिहरुमा भिटामिन बी-१ को कमी हुने गर्छ l जसको फलस्वरूप बिस्तारै - बिस्तारै स्मृतिलोप हुँदै जान्छ l
 
 
के हो एम्नेशियाको उपचार ?
 
सामान्यतया एम्नेशिया रोग उपचारको बिना नै निको हुन्छ l यदि शारीरिक या मानसिक विकार छ भने उपचार आवश्यक हुन जान्छ l यस्तोमा मनोचिकित्सा रोगीहरुको लागी फाइदाजनक हुन्छ l सम्मोहन पनि बिर्सिएको स्मृतिहरुलाई पुनः स्मरण गराउनको लागी एक प्रभावी तरीका हो l यसको अलावा  Occupational Therapy एम्नेशिया रोगको रोगीहरुलाई प्रभावकारी हुने गर्छ l
 
याद राख्नुहोस्-
 
रक्सी या ड्रग्सहरुको सेवन बाट बचौं l मोटरसाइकल या स्कुटर चलाउने समयमा हेल्मेट एवं जोखिमले भरिएका खेलहरु खेल्दा सावधानी अपनाऔं l मानसिकरूपले सक्रिय हुने कोशिश गरौँ l जस्तै- नयाँ - नयाँ ठाउंहरुमा घुम्न जाउँ, किताबहरु पढौं, आदि l फल - फूल, हरियो साग - सब्जि, प्रोटिनयुक्त खानाहरुको सेवन गरौँ  l