मोवाईल ह्यांग हुने समस्याको समाधान

बैशाख १९,२०७४

-

मोवाइल ह्यांग भएर तनाबमा हुनुहुन्छ?

मोवाइल ह्यांग हुने समस्य प्रायको समस्या हो । मोवाइल ह्यांग भएर धेरैको मुड पनि ह्यांग हुने गरेको छ ।

उक्त समस्याबाट बच्न केहि समाधानका उपायहरु यस प्रकार छ :

१. धेरै एप्सहरु खुल्ला नराख्नु

धेरै एप्सहरु खोल्दा मोबाईलको रयाम र प्रोसेसिंगले धान्न सक्दैन यसर्थ मोवाईल ह्यांग हुने जस्ता समस्याले सताउने गर्छ । यसर्थ, सकेसम्म हामीले धेरै एप्स एकै पल्ट खुल्ला गर्नु हुदैन ।

२. एप्सहरु बाहिरी मेमोरीमा हाल्नु

मोवाईलको इन्टरनल मेमोरी भन्दा एक्सटरनल मेमोरीमा स्पेस बढी हुन्छ । यसर्थ एप्स राख्दा बाहिरी(एक्सटरनल) मेमोरीमा राख्नु बुद्धिमानी हुन्छ ।

३. एन्टिभाइरस राख्ने

भाइरस एउटा ठुलो समस्या हो । भाइरसले मोबाइलका गतिविधि ढिलो गर्दछ । जबकी एन्टिभाइरस सफ्टवेयरले उल्टै स्पेस वोगटछ, भाइरस हटाउनु ठुलो बुद्धिमानी हुन्छ ।

४. नचाहिने एप्सहरु हटाउनु

मोवाईलमा कतिपय यस्ता एप्सहरु हुन्छन् जसको हामी खासै उपयोग नगरिरहेका हुन्छौ । यसर्थ, उपायोग धेरै नहुने एप्सहरु हटाऊदा पनि मोवाईल ह्यांग हुने समस्या केहि कम हुन्छ ।

५. नचाहिँदा गीत, फोटो र भिडीयो हटाउनु

अनावस्यक तस्विर, गीतहरुले पनि मोबाईल ह्यांग हुने जस्ता समस्या देखिन्छन । हामीले तस्विर, गीतहरु कम्प्युटर लगायत अन्य स्रोतमा राखेर मोबाईल स्पेस कम गरी उक्त समस्या कम गर्न सक्छौ ।

६. फोन रिस्टार्ट गनु

मोबईल बन्द गरी पुन: सुचारु गर्नु अर्को राम्रो उपाय हो किनकि यसतो गर्दा फोन रिफ्रेस हुने गर्छ ।

७. मोवाईल बन्द गरी सिम र ब्याट्री निकाल्ने

यो धेरै स्थितिमा उपयुक्त उपाय नहुन सक्ला तर प्रत्यक महिना ब्याट्री र सिम निकाल्नु राम्रो हुन्छ जसले गर्दा फोनमा भएको धुलोहरु पनि सफा हुने गर्छ ।