सुत्ने समयमा किन कपाल बाँध्ने र ?

श्रावण २५,२०७५

-

साउन २५, २०७५ काठमान्डौ
 
 
कैयौँ मानिसले सुत्ने वेला कपाल बाँधेको वा जुरो बनाएको देख्नुभएको होला । कतिपयलाई आफ्नै आमाले पनि यस्तो गरेको याद हुन सक्छ । यद्यपि, कतिपयका आमाले पनि आफ्नी छोरीलाई यस्तो सल्लाह दिएको हुन सक्छ । के तपाईंले यस्तो सुझाबलाई चासो दिनुभएको छ रु यदि चासो दिनुभएको छैन भने आजैदेखि सुत्ने समय कपाल बाँधेर सुत्न सुरु गर्नुस् । जसले कपालको सुरक्षा मात्र हुँदैन, कैयौँ फाइदा पनि मिल्ने गर्छ ।
 
रुखोपना
 
रातको समय कपाल सुक्खा र कमजोर बन्ने गर्छ । किनकि, सिरानी या अन्य कपडाले टाउकोमा रहेको मोश्चराइजर र तेललाई सोस्ने काम गर्छ । र बिहान उठेर जब तपाईं काइँयोले कपाल कोर्नुहुन्छ, अनि कपाल कामजोर भएर टुट्न थाल्छ । त्यसैले यसबाट बच्न कपाल बाँधेर वा स्कार्फ लगाएर मात्र सुत्ने बानी गर्नुपर्छ ।
 
कलरको टिकाउ
 
कतिपय मानिसले राम्रै खालको हेयर कलर गर्दा पनि चाँडै उडेर जाने हुन्छ । त्यसैले कपालमा कलर गर्नुभन्दा यसको स्याहारमा बढी ध्यान पु(याउन आवश्यक हुन्छ । त्यसमध्येको एउटा सावधानी राति सुत्दा कपाल बाँध्नु पनि हो । यसो गर्दा बिहान उठ्दा कपालको कलर अलिकति पनि उड्न पाएको हुँदैन । यसमा भने विशेष ध्यान पु(याउन आवश्यक हुन्छ ।
 
स्कार्फ बाँध्नुस्
 
कपाल बाँध्नुका साथै रातमा सुत्दा आफ्नो टाउकोमा कटनको स्कार्फ या रुमाल बाँध्दा पनि निकै राम्रो हुन्छ । यसो गर्दा कपालको मोस्चराइज रहिरनुका साथै सुक्खापनको समस्या पनि आउँदैन ।
 
हेयर मास्कको प्रयोग
 
जुनसुकै महिला चाहन्छन् कि बिहान उठ्दा पनि कपाल सुन्दर र सिल्की बनिरहोस् । यदि तपाईंमा पनि यस्तो चाहना छ भने सुत्नुभन्दा पहिले हेयर मास्कको प्रयोग गर्न सक्नुहुन्छ । त्यसपछि सावर क्याप पहिरिनुस् र बिहान उठेर कपाल सफा गर्नुस् । यसो गर्दा कपाल अतिरिक्त मुलायम हुन्छ ।
 
सिल्क सिरानी कभर
 
तपाईंले कटनको साटो सिल्क पिलोकभर प्रयोग गर्दा निकै उत्तम हुन्छ । कटन पिलोकभर प्रयोग गर्दा तपाईंको कपाल सुक्खा पनि हुन सक्छ । यस्तो कभरले तपाईंको कपालसँगै स्किनको सुरक्षामा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । सिल्क मेटेरियलले कपलाई स्लिप गराउँछ र कपाल टुट्न र खराब हुनबाट बच्न सकिन्छ ।