किन अघि पछि

बैशाख २२,२०७४

-

जानू तिमिलाइ पनि छ
एकदिन मलाइ पनि छ
किन तिमी नै छिटो
दुनियाँ सारा लाई रुवाइ
आशुमा डुबाइ
दुईलाई एक पारी
पुरा लाई आधा बनाइ
किन तिमि नै
एकपल आवाज दिन्थ्यौ
तिम्रो दुई लाई दुईमै सिमित राख्दै
हास्दै हास्दै जान्थे नि तिम्रो साटो
एकपल्ट याद गरेकी भए
मेरा सास तिमिलाइ सुम्पदै
जान्थे नि म तिम्रै साटो
सक्दैनौं थाहा छ आउन
कसैको सास आज पनि तिमी मै छ
सबैको खुसिकी तारा तिमी
गयौ तिमि नै किन?