Trending :
 

फेमिली प्लानिङ कतिवेला गर्दा राम्रो ?

भाद्र १४,२०७५

-

१४ भदौ, २०७५ काठमाण्डौ l 
 
 
वैवाहिक जीवनमा बाँधिन चाहने अधिकांश मानिसले बच्चाको चाहना राख्छन् । समाजमा कस्तोसम्म धारणा छ भने बच्चा भएपछि मात्र महिला पूर्ण हुन्छन् । यस्तो धारणा गलत वा सही जे भए पनि बच्चाको आवश्यकतालाई भने देखाउँछ ।
 
तर, बच्चा जन्माउँदा भने धेरै कुरामा ख्याल गर्न जरुरी छ । किनकि, बच्चालाई उचित पालनपोषण, शिक्षा, स्वास्थ्य आदि प्रदान गर्नुपर्छ । यस्ता कुरामा ध्यान नदिई विनायोजना बच्चा जन्माएमा बढी समस्या झेल्नुपर्ने हुन्छ । त्यसका लागि मानसिक रूपमा तयार भएर मात्र फेमिली प्लानिङ गर्न जरुरी हुन्छ ।
 
बच्चा जन्माउनुअघि मानसिक रूपमा तयार हुनुपर्छ । योजनाअनुसार बच्चा जन्माएमा गर्भवती अवस्थामा पनि इन्जोय गर्न सकिन्छ, जुन जरुरी हुन्छ । गर्भवती हुनुअघि त्यस अवस्थामा गर्ने गतिविधि, खाना, हिँडाइ, व्यायामलगायतका विषयमा जानकारी लिन आवश्यक हुन्छ । गर्भावस्थामा डाक्टरको मात्र भर पर्नुहुँदैन । बच्चा जन्माउनुअघि ध्यान दिनुपर्ने कुरा र परिवारको भूमिकाको विषयमा पनि ख्याल गर्नुपर्छ ।
 
पछिल्लो समय परिवार नियोजनका साधनको प्रभावकारी प्रयोग नगर्दा प्लानिङविनै बच्चा जन्माउने वा जन्मिने गरेको पाइन्छ । यस्तो अवस्थामा गर्भ बसेमा पति–पत्नी शारीरिक रूपमा पूर्ण तयार हुँदैनन् । कतिपयले योजना नहुँदानहुँदै बच्चा बस्यो भन्दै अस्पताल पुग्ने गर्छन् । यस्तो गर्दा गर्भवती महिलामा पनि निकै असर पर्ने गर्छ । यस्तो असरको प्रभाव बच्चामा पनि पर्न जान्छ ।
 
गर्भवती बन्नुअघि चिकित्सकसँग पनि राम्रोसँग परामर्श गर्नुपर्छ । यसले स्वस्थ बच्चा जन्माउन भूमिका खेल्छ । डाक्टरसँग परामर्श गरेमा गर्भ तुहिने समस्या पनि कम हुन्छ ।
 
नाचाहँदानचाहँदै गर्भ बसेर गर्भपतन गराउनेको संख्या पनि ठूलो छ । यसो गर्दा महिलाको स्वास्थ्यमा असर पर्न जान्छ । त्यस्तो समस्याबाट बच्न पनि समय–समयमा डाक्टरसँग परामर्श गर्न जरुरी हुन्छ ।