गहना लगाउनुहुन्छ ? आउनुहोस् जानौं यसका कारण !

भाद्र २६,२०७५

-

२६ भदौ, २०७५ काठमाण्डौ l
 
 
शृंगारमा हामी आभूषण प्रयोग गर्छौं । चुरा, पोतेसँगै विभिन्न किसिममा मूल्यावन् धातुबाट निर्मित गर-गहना लगाउँछौं । आखिर किन यसको प्रयोग गरिन्छ ? आकर्षक देखिनका लागि मात्र हो कि अरुपनि कारण छन् ?
 
सबैले देख्ने गहना पो गहना !
 
भन्नलाई त भनिन्छ, 'विद्या समं नास्ति शरीर भूषणम्' ।  मानिसका लागि विद्या नै सबैभन्दा ठूलो गहना हो तर यो गहना सितिमिति देखिंदैन ।  सबैले देख्ने गहना पो गहना ! गहनाको प्रचलन प्राचीन समयदेखि नै रहेको पाइन्छ । जब मानिसमा चेतनाको विकास भयो, तबदेखि नै मानिसले गहनाको प्रयोग गर्न थालेको पाइन्छ ।  पहिले महिला तथा पुरुष दुवैले गहनाको प्रयोग समान तवरले गर्ने गरिए पनि समय क्रमसँगै गहना महिलाको पर्याय बनेको देखिन्छ ।
 
महिला र पुरुष एक अर्काको पूरक हुन् तर प्रकृतिले  दुवैको स्वरूप फरक फरक बनाएको छ ।  मन तथा तन दुवै दृष्टिले महिला पुरुषभन्दा भिन्न हुन्छन् ।  महिलाहरू बढी संवेदनशील हुन्छन् ।  तुलनात्मक रूपले पुरुष कठोर । बाहृय स्वरूपका हिसाबले पनि उनीहरूको  प्रकृति भिन्न हुन्छ । महिलामा हारमोन्स उतार-चढावको प्रभाव बढी हुन्छ ।
 
यसै कुरालाई मध्यनजर गरी प्राचीन समयका ऋषिमुनिहरूले केही त्यस्ता साधन निर्माण गरे जसबाट महिलाको शारीरिक एवं मानिसिक स्वास्थ्यको रक्षा  हुन सकोस् । प्रचलन बढ्दै जाँदा यस्ता साधनलाई  समेत सुन्दर गहनाका रूपमा अंगिकार गर्न थालियो र नियमपूर्वक पहिरन थालियो ।
 
प्रकृतिको हिसाबले सुनका गहनाले गर्मी तथा चाँदीका गहनाले चिसो गर्छ ।  नियम बनाउँदा यिनै कुराको ख्याल गरी कम्मरभन्दा माथिको भागमा सुनको गहना तथा कम्मरभन्दा तल चाँदीको गहना लगाउने नियम बनाइयो । यो नियम पालन गर्दा शरीरमा तातो र चिसोको सन्तुलन रहन्छ ।  यहाँ केही त्यस्ता गहनाको जानकारी दिइएको छ-
 
चुरा लगाउनुको फाइदा
 
चुरा लगाउँदा नाडीको छालामा घर्षण भएर हातको रक्त संचार बढ्छ।  यो घर्षणबाट एक प्रकारको ऊर्जा पैदा गर्छ जसले थकान हटाउन सहयोग गर्छ । नाडीमा चुरा र बाला लगाउनाले श्वास तथा मुटु रोगको सम्भावना कम हुन्छ । चुराले मानसिक संतुलन कायम राख्न समेत सहयोग गर्छ l चर्केको वा चिरा परेको चुरा भने लगाउनु हुँदैन । यसबाट नकारात्मक ऊर्जा बढ्छ । रातो तथा हरियो रंगको चुरा सबैभन्दा असरकारक मानिन्छ ।
 
बिछिया लगाउनुको फाइदा
 
विवाहित महिलाहरूले गोडाको बीचका तीनवटा औँलामा बिछिया लगाउँछन् । यो  गहना श्रृंगारको वस्तुमात्र होइन ।  दुबै गोडामा बिछिया लगाउँदा महिलाहरूको हार्मोनल सिस्टमले राम्रो काम गर्न थाल्छ।  यसलाई लगाउनाले  थाइराइडको संभावना कम हुन्छ । बिछियाले  एक्यूप्रेशर उपचार पद्धतिका रूपमा कार्य गर्छ जसबाट शरीरको तल्ला अंगहरूको स्नायु तन्त्र एवं मांसपेशी सबल रहन्छ । बिछियाले एक खास नसामा प्रेशर बनाउँछ जसले गर्भाशयमा समुचित रक्तसंचार प्रवाहित गर्छ ।  यसले महिलाको गर्भधारण क्षमता स्वस्थ राख्छ । माछाजस्तो आकारको बिछिया सबभन्दा असरदार मानिन्छ ।
 
पाउजु लगाउनुको फाइदा
 
पाउजुले पैतालाबाट निस्कने शारीरिक विदयुत ऊर्जालाई बाहिर निस्कन नदिई शरीरमै संरक्षित गर्छ । पाउजुले महिलाहरूको पेट तथा त्यसभन्दा तल्लो अंगमा बोसो जम्मा हुने गति रोक्छ l वास्तुशास्त्रका अनुसार पाउजुको छनछनले नकारात्मक ऊर्जालाई टाढा भगाउँछ । चाँदीको पाउजुले पैतालामा घर्षण गरी त्यहाँको हड्डी बलियो पार्छ l पाउजु लगाउनाले महिलाहरूको इच्छा-शक्ति बलियो हुन्छ ।
 
याद राख्नुपर्ने कुरा के छ भने पाउजु सदैव चाँदीकै लगाउनुपर्छ । सुनको पाउजु लगाइयो भने शारीरिक तापक्रमको सन्तुलन गडबड हुन्छ र अनेकथरि रोग उत्पन्न हुनसक्छ ।