'फ्लेम अवार्ड एशिया २०१७' मा नेपालको 'लेमन प्राइभेट लिमिटेड'लाई ६ वटा उपाधि

बैशाख २६,२०७४

-

वैशाख २६ -

लेमन प्राइभेट लिमिटेडले आरएमआई फ्लेम अवार्ड एशिया २०१७ मा ६ वटा उपाधि जित्न सफल भएको छ ।

कम्पनिका अनुसार लेमनले २ स्वोर्ण, २ रजत र २ रजत प्राप्त गरेको हो ।

आरएमआई फ्लेम अवार्ड एशिया २०१७ र फ्लेम लिडरशिप अवार्ड्सले एसियाका उत्कृष्ट उद्योग र ग्रामिण बजार विकासका कार्यहरुलाई सम्मान गर्दै आएको छ

उक्त अवार्ड कार्यक्रममा भारत, नेपाल र अन्य एसियाली देशहरुको सहभागिता थियो ।

कम्पनिका अनुसार करिब ३०० प्रतिनिधिहरुको उक्त कार्यक्रममा सहभागिता थियो ।