ओप्पो एफथ्री नेपालमा सार्वजनिक, यस्तो छ यसको फिचर

बैशाख २६,२०७४

-

वैशाख २६ -

ग्रुप सेल्फीको नामले विश्व बजारमा परिचित ओप्पो एफथ्री नेपालमा सार्वजनिक भएको छ ।

सुपरस्टार राजेश हमालले उक्त स्मार्टफोन सार्वजनिक गरिएको थियो । मध्यम वर्गीय उपभोक्ता लक्षित उक्त एफथ्री सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

ओप्पोको नयाँ फोनसँगै नेपालमा सेल्फीको प्रचलन अझैं परिष्कृत हुने देखिएको छ । मिड रेन्जको स्मार्टफोनको रूपमा बजारमा भित्रिएको यो स्मार्टफोनले गु्रप सेल्फी ट्रेन्डलाई थप सुदृढ बनाउनेछ । एफथ्री प्लसपछि सार्वजनिक गरिएको यो फोन डुअल फ्रन्ट क्यामेरासहित गु्रफ सेल्फीका लागि उपयुक्त हुने उक्त फोनमा डुअल फ्रन्ट क्यामेरा रहेको बताइएको छ। एकल सेल्फीका लागि फोनमा १६ मेगा पिक्सेल र गु्रप सेल्फीका लागि वाइड एंगल लेन्स सहितको क्यामेरा जडान गरिएको जनाएको छ। क्यामेराको माध्यमबाट प्रयोगकर्ताले एकै हातको प्रयोगले समेत नहल्लिने गरी उत्कृष्ट तस्बिर लिन सक्ने कम्पनीले जनाएको छ।

यसको बजार मूल्य ३५ हजार चार सय ९० रुपैयाँ छ । यो स्मार्टफोन आइतबारबाट बजारमा उपलब्ध भएको छ ।

उक्त मूल्यमा उपलब्ध यो स्मार्टफोन नेपाली बजारमा उत्कृष्ट रहेको कम्पनीले जनाएको छ ।

स्मार्टफोनको सार्वजनिक कार्यक्रममा ओप्पोको नेपालका लागि प्रमुख कार्यकारी अधिकृत जोनी जीले उपभोक्ताको खुसी र सन्तुष्टि ओप्पोको प्रमुख प्राथमिकता भएको बताउनुभयो । उहाँले प्राविधिक रूपमा नयाँ, उत्कृष्ट तथा गुणस्तरीय उत्पादनले उपभोक्तालाई हर क्षण नयाँ अनुभव दिलाई एकताको सुत्रमा बाध्न चाहेको बताउनुभयो ।

यो स्मार्टफोनमा कम्पनीले कलरओस ३.० द्वारा शक्ति प्रदान गरिएको अक्टाकोर प्रोसेसर, चार जीबी र्‍याम र ६४ जीबी रोम उपलब्ध गराएको छ । फोनमा रहेको ट्रिपल स्लटकार्ड ट्रेमा दुईवटा नानो सिमकार्ड र एउटा माइक्रो एसडी कार्डको प्रयोग गर्न सकिन्छ । एफथ्रीमा कम्पनीले तीन हजार दुई सय एमएएच क्षमताको ब्याट्री जडान गरेको छ । स्मार्टफोनमा व्यक्तिगत गोपनियता र सुरक्षाका लागि अत्याधुनिक सलिड स्टेट फिंगर प्रिन्ट रिडर उपलब्ध गराएको छ । आकर्षण डिजाइनका साथ निर्माण भएको यो स्मार्टफोन मात्र ५ दशमलव ५ एमएम पातलो छ । एफथ्री नेपाली बजारमा गोल्ड, रोज गोल्ड र कालो रङमा उपलब्ध छ ।