सामाजिक चेतनाको रूपमा नैतिकता

नैतिकताको वर्गीय स्वभावलाई मान्यता दिंदा सामान्य मानवीय मूल्यको अस्तित्व खारिज हुँदैन

आश्विन १४,२०७५




१४ असोज २०७५ काठमाण्डौ l 

 

सामाजिक चेतनाको रूपमा नैतिकता

(Morality as a from of Social Consciousness)

 

सामाजिक चेतनाको एउटा अर्को रूप ‘नैतिकता’ (Morality)  हो l जुन क़ानून (Law)  तथा कानूनी चेतना (Legal Consciousness)  का साथ घनिष्ठतासंग जोडिएको छ l

 

नैतिकता के हो ?

 

कुनैपनि व्यक्तिसंग सोधियो भने कि के झूठ बोल्नु, चोरी गर्नु, कमजोरलाई सताउनु, ठगी गर्नु, आफुभन्दा ठुला अधिकारीहरुको चापलूसी गर्नु राम्रा कुरा हुन् ? उनिहरुसंग सोध्नुहोस् कि गद्दारी गर्नु, अन्य मानिसहरुको कमाई खानु के सही कुरा हुन् ? या पाखंड, धृष्टता, लोभ तथा लोलुपता उचित हो ? व्यवहार, कर्म चरित्रका यी विशेषताहरुलाई अधिकांश मानिसहरुले नकारात्मक, हानिकर तथा अत्यंत अवांछित (Undesirable) मान्दछन् l

 

अर्को तर्फ, उद्यमशीलता तथा अध्यवसाय (Diligence), ईमानदारी, परोपकारिता, नम्रता, उदारता, मैत्रीपूर्णता, कर्त्तव्यप्रति निष्ठा, देशभक्ति आदिलाई सकारात्मक कर्म तथा सद्गुण मानिन्छ l यस प्रकारको मूल्यांकन नैतिक मानिन्छ र कुनैपनि समाजमा मानिसहरुको हर समष्टि (Collective, सामुहिक मन) मा विद्यमान नैतिक मूल्य तथा व्यवहारहरुका काइदा (Rules) प्रणालीका अंग हुन् यिनको उत्पत्ति मूलतः मानवसमाज रचनाको समय भएको हो l फलत: नैतिकता, मानिसहरुका व्यक्तिगत र सामाजिक जीवनमा एक-अर्काका, आफ्ना श्रम-समष्टिका, वर्ग, राज्य र समूर्ण समाजको प्रति उनिहरुका व्यवहारको काइदा, मानक, मूल्य र आदर्शहरुको एउटा प्रणाली हो l

 

क़ानून तथा क़ानूनी चेतना र नैतिकताबीच के अंतर छ ?

 

सबैभन्दा पहिलो अंतर त यो छ कि क़ानून, राज्यद्वारा निरूपित (Formulate)  तथा लागू गरिन्छ, जबकि नैतिकताको मानक जनमतको प्राधिकार (Authority of public opinion)  मा आधारित हुन्छ l क़ानून निश्चित ऐतिहासिक दशाहरुमा बन्दछ, र प्रभुत्वशाली वर्ग (Dominant class)  का संकल्प (Will)  लाई व्यक्त  गर्दछ l यसको विपरीत, विगत, वर्त्तमान तथा भावी, कुनैपनि समाज नैतिकताको बिना अस्तित्वमान हुन सक्दैन l किनकि मानिसहरु जुनसुकै हालतमा पनि विभिन्न कर्म गर्छन्, भिन्न-भिन्न तरिकाले व्यवहार गर्छन्, अन्य मानिसहरुका व्यवहारको मूल्यांकन गर्छन् र उनिहरुलाई स्वयं आफ्ना व्यवहारहरुको मूल्यांकन तथा समर्थन गराउनुपर्छ l तर यसले यो नतीजा निस्किंदैन कि नैतिकता  र उसको मुख्य प्रस्थापनाहरु शाश्वत (Eternal)  र अपरिवर्तनीय (Immutable) हुन् l नैतिकताका सिद्धांत (Principle)  काइदा तथा मानदंड (Norms)  मानिसहरुका सत्व (Social being) द्वारा निर्धारित हुन्छन् र साथ-साथ परिवर्तनशील पनि हुन्छन् l

 

यस प्रकारका सिद्धांतहरु जस्तै- ‘हत्या नगर’, ‘चोरी नगर’ आदिको उद्गम ऐतिहासिक हो l सामूहिकतावादी आदिम समाजमा, जहाँ निजी स्वामित्व (Private property)  थिएनन्, चोरी गर्न असंभव थियो र त्यसमा प्रतिबंध लागाउने कुरा निरर्थक नै थियो l केही जातिहरुमा एउटा शत्रुको या आफ्नै समूह सदस्यको या फेरी सहधर्मिकै हत्या गर्नु नै होइन, बरु केही आपसी तालमेल नभएको खंडमा मुखियाकै पनि आनुष्ठानिक (Ritual) हत्या गर्नु धेरै समयसम्म नैतिकताको मानकविरुद्ध थिएन l तर वर्गीय तथा ऐतिहासिक अंतरहरुको (जसलाई विभिन्न युग एवं जातिहरुको प्रणालीमा स्पष्टत: हेर्न सकिन्छ, जस्तै मध्ययुगीन कुलीनहरुको नैतिकताद्वारा व्यापारको भर्त्सना अथवा अन्य धर्मअनुयायीहरुका साथ कठोर व्यवहारलाई उचित मानिनु) बावजूद सामान्य मानवीय नैतिक मूल्य, मानदंड र उपदेशहरुको (Precepts) अस्तित्व पनि छ, जुन विभिन्न सामाजिक-आर्थिक विरचना (Socio-Economic formations)  तथा विभिन्न जाति (Nations)  र समाजका वर्गका लागि उचित छन् l  

 

हाम्रो युगमा यस्ता मूल्य छन्- व्यक्तिको व्यक्तिगत प्रतिष्ठा (Dignity), व्यक्तिको अनुल्लंघनीयता (Inviolability), स्वास्थ्य रक्षा, भावात्मक जगत र बच्चाहरुको सुरक्षा, विश्व शान्तिको संरक्षण ए नाभिकीय महाविनाशदेखि मानवजातिको उच्छेदन (Extinction) हुन नदिनु l समान मानवीय हित तथा स्थायी नैतिक मूल्यहरुको अस्तित्व नै त्यो चीज हो, जुन महत्वपूर्ण मानवीय लक्ष्यउपलब्धिका लागि मानिसहरुको सहयोगको आधाररचना गर्दछ l नैतिकताको वर्गीय स्वभाव (Class nature) लाई मान्यता दिंदा सामान्य मानवीय मूल्य र हितहरुको अस्तित्व खारिज (Rule out)  हुँदैन l

 

वर्ग समाजमा नैतिक सिद्धांतको एक वर्गीय-समूहगत स्वरूप हुन्छ l वर्गको र सर्वोपरि शोषक वर्गको  स्थितिहरुमा जटिलता (Complexity)  तथा आतंरिक अंतर्विरोधात्मकता (Contradictoriness)  को कारण प्रतिरोधी विरचनाहरु (Antagonistic formations)  मा नैतिकता पनि आतंरिक रूपले अंतर्विरोधात्मक (Contradictory)  हुन्छन् l उदाहरणका लागि कि ‘हत्या नगर्नु’, ‘आँखाको बदलामा आँखा’ र ‘दांतको बदलामा दांत’ एक-अर्काको खंडन नै गर्दैनन्, बरु धर्मशास्त्रहरुको प्राधिकारद्वारा दोषमुक्त पनि ठहर्याइन्छ l नैतिकताको यो अंतर्विरोधात्मक प्रकृति अक्सर यस्ता कारबाही एवं कर्महरुलाई पनि उचित ठहर्याउनमा समर्थ बनाइदिन्छ, जुन प्रदत्त स्थितिमा कसैको हितअनुरूप होस्  l

 

प्रभुताशाली, शासक वर्गहरुको नैतिकचेतनाको सबैभन्दा ठुलो लाक्षणिक विशेषता हो नैतिक सिद्धांत, मानक तथा मतहरु र वास्तविक असली व्यवहारबीच अंतर्विरोधहरु तथा गहिरो विचलन (Divergence)  हुनु l उदहारणको लागि, पूंजीवादी नैतिकता शब्दमा अध्यवसाय, कठोर कार्य र व्यापारिक ईमानदारीलाई सर्वोच्च सद्गुण घोषित त गर्दछ, तर यस तथ्यको साथ अनायास समझौता गरिन्छ कि पूंजीपति वर्गका अधिकांश, भ्रष्टाचार, स्टक एक्सचेंजको बेईमानीमा आकंठ डुबेको छ र अन्य मानिसहरुका श्रममा जीवित छन् l

 

यसको विपरीत, समाजवादी नैतिकताका मुख्य लक्षण हुन् नैतिक सिद्धांत तथा नैतिक व्यवहारबीच एकता र आतंरिक सहमति l यो नैतिकता मूलरूपले, कठोर श्रम गर्ने (मजदूर) को नैतिक सिद्धांत तथा व्यावहारिक मानकहरुको प्रणालीका रूपमा उत्पन्न भएको कारणले समाजवादी समाजमा सार्विकता (Universality)  को रूप ग्रहण गर्दछ l निष्ठापूर्ण कार्य, ईमानदारी, परोपकारिता, पारस्परिक सम्मान, आफ्नो औकातको बोध, मानवाधिकारहरुको सम्मान, अन्तर्राष्ट्रीयतावाद, सामूहिकता, व्यक्तिको क्षमता तथा प्रतिभाहरुको आदर र पाखंड तथा ढोंगीपनको अस्वीकार, यसको सर्वोच्च सद्गुण तथा सिद्धांत हुन् l

 

यस्ता सिद्धांतहरुको घोषणा गर्न सजिलो हुन्छ, तर यिनलाई कार्यान्वयन गर्न जटिल र अंतर्विरोधात्मक कुरा हो l यसैले समाजवादी समाजको मुख्य कार्य एकतर्फ, यस्ता नैतिक मानदंडहरुलाई कार्यान्वित गर्नको लागि वास्तविक पूर्वाधारहरुको, अर्थात् वस्तुगत दशामा (Objective conditions)  निर्माण र अंतर्विरोधहरुको समाधान गर्नु अर्कोतर्फ......l

-माधव प्रसाद गर्तौला