प्रचण्डको टाई र ओलीजीको दौरा

देशको माटो सुहाउँदो, संस्कार, संस्कृति, र इतिहास झल्काउने, भाषा र भूषाको धोतक पहिरनमा सजिए हुन्थ्यो भन्ने चाहना राख्नु अस्वभाबिक भने पक्कै नहोला ।

फाल्गुण ०८,२०७५

--आलोक अधिकारी

स्थानीय, प्रादेशिक, र संघिय सभा, सम्मेलन, भेटघाट, भाषण, र भलाकुसारीहरुमा प्राय व्यस्त रहने यी दुई हस्तीहरु आ-आफ्नै  स्वभाव र शैलीका साथ प्रस्तुत भएको देखेको छु ।

एकातिर ओलीज्यू प्राय दौरा, सुरवाल, र बाक्लो न्यानो कोटमा सजिएर सभाहरुमा देश र जनताको उत्थान गर्न आफुले बुनेको सपना सुनाउने र ति सपनाहरु साकार पार्ने सामर्थ र स्रोतका बारेमा बोलेको देखेको छु ।  अर्कोतिर, प्रचण्ड सफा र चम्किलो कमिज माथि घांटीलाई कसक्कै पारेको  टाई र कोटको पहिरनमा देसबासीहरुलाई बिकासको "छलांग" मार्ने सपनाहरु बाँडेको र त्यो सपना साकार पार्ने निष्टा, नैतिकता, र नीतिगत उपायेहरु आफुसंग छ भनि बताएको सुनेको छु ।

देशको शासनको बागडोर  समाल्ने  उच्च तह र तप्कामा आसिन व्यक्तित्वहरुले आफ्नो देशको माटो सुहाउँदो, संस्कार, संस्कृति, र इतिहास झल्काउने, भाषा र भूषाको धोतक पहिरनमा सजिए हुन्थ्यो भन्ने चाहना राख्नु अस्वभाबिक भने पक्कै नहोला ।

 

१. दौरा र सुरुवाल पुरातनबादका प्रतिक हुन् र तिनलाई पहिरनु भनेको पाखण्ड पनको पराकाष्ठा  हो ।

२. कुनै न कुनै रुपमा दौरा सुरुवाल शाहबंशिय परम्परासंग जोडिएकाले, ति भेषमा सजिनु भनेको शाहबंशिय शासनबाट प्रताडित हुनु हो वा नयाँ शैलीको खोज गर्न नसक्नु हो ।

 

३. प्रचण्डजीको कद छोटो भएकोले दौरा र सुरवालमा भन्दा कोट र टाईमा सझिदा बढी शोभनिय देखिन्छ वा उहाको परिवारजनका सदस्यहरु,  सबै तह तप्काका राजनैतिक कार्यकर्ताहरु, र उहाका सुभचिन्तकहरु प्रचण्ड सुट र टाईमा सझिदा बढी सुहाएको र शोभनीय ठान्छन् जुन कुरालाई प्रचण्डले स्विकारेका छन् ।

४. पुरानो इतिहाँस र शासन पद्धती झल्काउने दौरा र सुरुवाल लगाउनुको साटो सुट र टाई लगाउनु भनेको राजनैतिक बिगतको भुतलाई हराउनु हो वा त्यसको गोस्टलि प्रिजेन्स वा प्रेतात्मक उपस्थिति बाट आफु उन्मुक्त हुनु हो । यस अर्थमा,  टाई लगाउनु भनेको एक खालको "छलांग" मार्नु हो ।

 

५. प्राय सबै पश्चिमेली देशका नेतागणहरु सर्ट र टाईमा सजिने हुँदा, तिनै समकक्षी माझ आफुलाई तादात्म्य मिलाउन प्रचण्डले सुट र टाई लगाउँछन् होलान ।

 

६. एकदिन संयोगबश सर्ट र टाईमा सजिएर बाहिर निस्कदा जनता वा पार्टीका कार्यकर्ता माझ छुट्टै छाप पर्नगएको महसुस भएकाले वा उनीहरुबाट पाउने सम्मान र शिष्टताले शिखर छोएकाले प्रचण्डले त्यो बेला देखि टाई लगाउने निधो गरे होलान ।

 

७. बिश्वको राजनीतिक रंगमंचमा सुट र टाईको बर्चस्व भएकाले दौरा र सुरवालमा सझिएर जाँदा एक खालको अफ्ट्यारो अनुभूत हुने वा हिनताबोधहुने भएकाले प्रचण्ड प्राय संधै सर्ट र टाईमा सजीने होलान ।

 

८. बिदेशी प्रभुहरुलाई खुसिपार्न प्रचण्डले सुट र टाई लगाउँछन् होला ।

 

 

के उपरोक्त कारणहरुले गर्दानै प्रचण्डले सुट र टाई लगाएका होलान त ? आउनुहोस, एक एक गर्दै माथिका सम्भावित कारणहरु भित्रको सत्यतालाई केलाउ :

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

-लेखक हाल अमेरिकामा बस्छन् l