फेसबुक प्रयोगकर्ता महिनामा ८ प्रतिशतले बढ्दै

बैशाख १२,२०७६

-

बैशाख १२, २०७६ वाशिङटन । 
 
अमेरिकी अधिकारीहरुले गोपनीयता सम्बन्धी विषयमा छानबिन गर्दा लाग्ने सम्भावित खर्च ३ बिलियन डलर आफूले छुट्याएको फेसबुकले जनाएको छ ।
 
अमेरिकी संघीय व्यापार आयोगले गर्ने छानबिनका क्रममा लाग्ने खर्च ५ बिलियन डलरसम्म पुग्न सक्ने उसको अनुमान रहेको  छ ।  वर्षको पहिलो तीन महिनाको हिसाबकिताब चर्चा गर्दै सो कम्पनीले यो अवधीमा २६ प्रतिशतले आफ्नो सेल्स  बढाएको जनाएको छ । 
 
उसका प्रयोगकर्ताहरु ८ प्रतिशतका दरले मासिक रुपमा बढिरहेको समेत फेसबुकले उल्लेख गरेको छ । 
 
फेसबुकका प्रमुख मार्क जुकरवर्गले फेसबुकको व्यापार र यसका समुदाय दुवै बढ्दै गइरहेको जनाएको बीबीसीले जनाएको छ ।