जीवन र दर्शन

ईश्वर र अस्तित्व

ईश्वर नै वास्तविक हुन् र अस्तित्व नै ईश्वर हुन् । सम्पूर्ण जगत एउटा यस्तो तत्वले बनेको छ जसको नाम नै ईश्वर हो

जेठ ०५,२०७६




ईश्वर अर्थात् भगवान अर्थात् परमेश्वर जसलाई शब्दले ब्याख्या गर्न, हाम्रो चेतनाले अभिव्यक्त गर्न असम्भव छ l ईश्वरको बारेमा जे जति विचार , धारणा र अनुभूति सुर्यलाई उज्यालो प्रकाशले जान्नु सरह हो l ईश्वरको बास्तबिकता र अस्तित्वको ज्ञान असिमित छ जसलाई मानव चेतनाले समेट्न सक्दैन l तर ईश्वरको गुण , स्वभाव र अस्तित्वलाई केहिहद सम्म मानबिय चेतनाको आधारमा महसुस गर्न सकिन्छ l तर त्यो नै वास्तविक ईश्वर हुन् त ? त्यो सत्य ईश्वरको खोज चाही रहस्यको बिषय हो ? यसर्थ, समग्र ब्रम्हाण्डको जुन बिषय रहस्यमय छ तर यसमा उसको अस्तित्व लुकेको छ भन्ने मान्यता र त्यो परचेताना र परमशक्ति , आदिशक्तिको मानबिय नाम नै ईश्वर अर्थात् भगवान हो भन्न सकिन्छ l

 

सम्पूर्ण ब्रम्हाण्ड र चराचर जगतको अस्तित्व नै ईश्वर भएकाले  सृष्टि र प्राणीको गुण र स्वभाव पनि ईश्वरीय गुण र स्वभाव भन्न सकिन्छ l सृष्टिको एक अस्तित्व हामी मानव पनि ईश्वरबाट अलग छैनौ l हामी र हाम्रो प्रकृति पनि ईश्वरीय अस्तित्व भित्र रहेको छ l ईश्वर भन्दा बाहिर कुनै अस्तिव छैन , सबै कुरा ईश्वर भित्र नै समाहित छ l त्यसैले ईश्वरलाई सत्य , निराकार , निरन्जन , र सर्वब्यापी भनिएको हो l

 

सनातन धर्मको  साँख्य • न्याय • वैशेषिक दर्शन • योग दर्शन • मीमांसा दर्शन • वेदान्त दर्शन • तन्त्र • भक्ति •चार्वाक दर्शन •बौद्ध दर्शन •जैन दर्शन दर्शन रहेको छ l यी मध्ये चौथो दर्शनमा मात्र ईश्वरको उल्लेख गरेको पाउछौ l तसर्थ ईश्वरलाई बुझ्नु भन्दा पहिले आफ्नो ज्ञान , चेतना (धारणा) र स्वभाव जान्नु र बुझ्नु जरुरी हुन्छ भन्नु हो l त्यसैले तिन दर्शन सांख्य, न्याय र वैशेषिक दर्शन पछि मात्र योग सुत्रमा ईश्वरको बारेमा भनिएको हो ।

 

सम्पूर्ण जगत एउटा यस्तो तत्वले बनेको छ जसको नाम नै ईश्वर हो भन्न सकिन्छ l  केवल ‘एक’ सत्य जो पूर्ण अस्तित्व , उही नै ‘एक’ पूर्ण छन् , र  यदि उसलाई तपाई कुनै नाम वा पहिचान दिन सक्नुहुन्छ भने ईश्वर भन्न सक्नुहुन्छ l

 

वैशेषिक तथा न्याय दर्शन ले व्यावहारिक जगतलाई वास्तविक मानेका छन् ।  बाह्य जगत् तथा अन्तर्जगतको अवधारणामा परात्पर एवं घनिष्ठ सम्बन्ध रहेको छ। बाह्य जगत् (मानसिक) विचारमा निर्भर हुदैन यो वास्तविक र स्वतन्त्र रहेको हुन्छ l  'आत्मदर्शन' को लागि संसारको सबै सानो –ठुलो, तात्विक तथा तुच्छ वस्तुहरुको ज्ञान प्राप्त गर्न आवश्यक रहन्छ । कुनै पनि तत्व ज्ञानको लागि प्रमाण चाहिन्छ त्यसैले न्यायशास्त्रमा प्रमाण माथि विशेष ध्यान , विश्लेषण र विचार गरिएको छ भने वैशेषिक दर्शनमा मुख्यतः 'प्रमेय' को अवधारणा र विचारमा केन्द्रित रहेको पाहिन्छ l त्यसैले ईश्वर बुझ्नु भन्दा पहिले ईश्वरीय प्रमाण र प्रेमको अनुभूति हुनु जरुरी देखिन्छ ।

 

 

न्याय दर्शनले ज्ञानको बारेमा कुरा गरेको छ l जहामीले प्राप्त गरेको ज्ञान बास्तविक हो या होईन भन्ने जान्नु हो l इन्द्रियहरुले देखेको , सुनेको , महसुस गरेको , बुझेको आदि कुराको बास्तबिक ज्ञात हुनु पर्दछ l  यदि अपुरो र अबस्ताबिक ज्ञान भएमा मानवलाई सत्यबाट दिग्भ्रमित पारिदिन्छ l ज्ञानको माध्यमले सत्यलाई खोज्नु नै न्याय दर्शनको धेय हो l सम्पूर्ण धारणाको र पछि बन्ने अवधारणाको कुरा यसमा गरिएको छ l वैशेषिक दर्शन ऋषि कणादले प्रतिपादित गरेका हुन् उनले सृष्टिको सुक्ष्म रुप अणु र परमाणुको बारेमा भनेका छन् l  

 

आदिमुनी कपिलले सांख्य दर्शनमा 'संख्या सम्बंधी' अथवा विश्लेषण सम्बन्धि चर्चा गरेका छन् । यसमा  बस्तुस्थितको बारेमा उल्लेख गरेको छ जस्तै :  पृथ्वी, जल, अग्नि, वायु, आकाश, र सबै सम्पूर्ण बस्तु र बिषयहरु र यसको विश्लेषण।  मन, चेतना, बुद्धि, स्मृति र यसको बारेमा जान्नु जरुरी छ  l यस दर्शनमा यो सृष्टि प्रकृति र पुरुषको उपज भएको उल्लेख गरेका छन् । प्रकृति भन्नाले (पञ्चमहाभूत द्वारा बनिएको जड पदार्थ) र पुरुष भन्नाले (जीवात्मा) अर्थात शरीरमा भएको चेतना हो । सांख्य दर्शनको २५ तत्व यस्तो छ :

आत्मा (पुरुष)

अंतःकरण (३) : मन, बुद्धि, अहंकार,

ज्ञानेन्द्रिय (५ ) : नासिका, जिब्रो, नेत्र, त्वचा, कर्ण

कर्मेन्द्रिय (५ ) : पाद, हस्त, उपस्थ, पायु, वाक्

तन्मात्राय (५ ) : गन्ध, रस, रूप, स्पर्श, शब्द

महाभूत (५ ) : पृथ्वी, जल, अग्नि, वायु, आकाश

 

योग-सूत्र जुन चौथो दर्शन हो यसमा मात्र ईश्वरको विषयमा चर्चा गरिएको छ । ईश्वर नै वास्तविक हुन् र अस्तित्व नै ईश्वर हुन् ।  सम्पूर्ण जगत एउटा यस्तो तत्वले बनेको छ जसको नाम नै ईश्वर हो भन्न सकिन्छ l  केवल ‘एक’ सत्य जो पूर्ण अस्तित्व , उही नै ‘एक’ पूर्ण छन् , र  यदि उसलाई तपाई कुनै नाम वा पहिचान दिन सक्नुहुन्छ भने ईश्वर भन्न सक्नुहुन्छ l जसको अस्तित्वको कारण हामी रहेका छौ l यो सम्पूर्ण जगत रहेको छ l ईश्वरलाई बुझ्नु स्वयंलाई जान्नु हो l स्वयंको अस्तित्वको ज्ञान , अवस्था र चेतनाबाट ईश्वरीय स्वभाव र अस्तित्व जान्न सकिन्छ l त्यसैले ज्ञान, चेतना र तत्वको खोजबाट प्राप्त तथ्ययुक्त अस्तित्व र स्वभावमाथिको पूर्ण विश्वास, प्रेम र शान्ति एवं ध्यानबाट ईश्वरलाई प्राप्त गर्न अर्थात् त्यो परमशक्ति एवं अस्तित्वमा समाहित हुन् सकिन्छ l शान्ति :l  

 

यो पनि पढ्नुहोस् : 

१. मोक्ष !

२. धर्मलाई कसरी बुझ्ने ? वास्तविक धर्मका तथ्य !