सुनको मुल्य हालसम्मकै उच्चः तोलाको ७२ हजार ५ सय पुग्यो

भाद्र ०८,२०७६

-

भदौ ८,२०७६ काठमाडौं ।
सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।
 
आज एकै दिन तोलामा १२ सय रुपैयाँले बढेर तोलाको ७२ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
 
शुक्रबार तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर ८ सय ५० पुगेको महासंघले जनाएको छ ।