विमला तुलाचनको गीति एल्बम ‘मेरी आमा’ लोकार्पण

भाद्र २१,२०७६

-

भदौ २१, २०७६ काठमाडौं ।
गीतकार विमला तुलाचनको गीति एल्बम ‘मेरी आमा’को लोकार्पण गरिएको छ । राजधानीको कमलादी स्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा विशेष समारोहका बीच एल्बमको लोकर्पण गरिएको हो ।
 
गीतकार सङ्घ नेपालको आयोजनामा भएको समारोहमा प्रमुख अतिथि सङ्घका सल्लाहकार, पूर्वमन्त्री तथा प्रतिष्ठीत गीतकार एसपी कोइराला, गीतकार सङ्घ नेपालका कार्यवाहक अध्यक्ष शुभ मुकारुङ, विशेष अतिथि प्रतिष्ठीत कवि, गीतकार तथा साहित्यकार उषा शेरचन, अतिथिहरु पूर्वमन्त्री सुशिल शेरचन, गीतकाररसङ्गीतकार आभाष, गायिका लाशिमीत राई, एल्बमका सङ्गीतकार वसन्त मुकारुङ, गीतकार विमला तुलाचन, निर्मल गौचनलगायतले एल्बमको लोकार्पण गरेका थिए ।  
 
सङ्घका कार्यवाहक अध्यक्ष शुभ मुकारुङको सभापतित्व र शिलु अधिकारीको उद्घोषणमा भएको समारोहमा एल्बममा रहेका दुई गीत ‘कहिले खहरे झै...’ र ‘मेरी आमा...’को भिडियो पनि देखाइएको थियो ।
 
एल्बममा ‘कहिले खहरेझैं...’, ‘हाम्रो प्रेम अजम्बरी...’, ‘सुन मायालु...।’जस्ता चार गीत समावेश गरिएको छ । एल्बममा रहेका गीतमा उदय सोताङ, मनिला सोताङ, रिमा गुरुङ हाडा, सत्यराज आचार्य र अञ्जु पन्तको स्वर रहेको छ । वसन्त मुकारुङको एकल सङ्गीत रहेको एल्बमका गीतमा सचिन सिंह, फणिन्द्र राई र नोर्बु शेर्पाको सङ्गीत संयोजन रहेको छ ।