जीवनदिप सहकारीको सहयोग नवकिरण आश्रमलाई

भाद्र २८,२०७६

-आस्था न्युज

२८ भाद्र २०७६ l जीवनदिप सहकारी संस्थाले  नवकिरण अनाथ असहाय वाल उत्थान समाजलाई सहयोग गरेको छ l शनिबार आयोजित  संस्था लिमिटेडको १० औ बार्षिक साधारणसभामा व्यवसायिक  सामाजिक उत्तरदायित्व बहन गर्दै उक्त सहयोग प्रदान गरेको हो l

जीवनदिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १० औ बार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ l राजधानीमा आयोजित बार्षिक साधारण सभामा  ललितपुर धापाखेल स्थित अनाथ असहाय बालबालिकाको क्षेत्रमा बिगत २० बर्ष देखि कार्यरत नवकिरण अनाथ असहाय वाल उत्थान समाजलाई व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत नगद पैतिस हजार सहयोग प्रदान गरेको छ l  सहकारीका अध्यक्ष छत्रबहादुर बस्नेतले उक्त रकम समाजका महासचिव पारस पोखरेललाई उक्त रकम प्रदान गर्नुभएको हो l

 

२०६६ सालमा स्थापना भएको जीवनदिप बचत तथा सहकारी संस्थाले आफ्नो स्थापनाको १० बर्षको अवधिमा उल्लेखनीय कार्य गर्न सफल भएको छ l हाल यस संस्थाको कुल चुक्ता पुजी आठ करोड भन्दा बढी रहेको छ भने १ अरब ३ करोडको कारोबार गर्दै १६ करोड मुनाफा कमाउन सफल भएको जानकारी साधारण सभामा दिईएको थियो l