गोमा र शम्भुको संयुक्त प्रस्तुति “आयो दशैँ गरिबलाई रुवाउन”

भाद्र २९,२०७६




भदौं २९,२०७६ काठमाडौं ।
नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावली २०७६ लाई लक्षित गर्दै गोमा कोइराला र शम्भु नेपालको संयुक्त प्रस्तुति “आयो दशैँ गरिबलाई रुवाउन” बोलको गीत बजारमा आएको छ ।
 
गीतमा बिहान खायो बेलुका के खाउँ र बेलुका खायो बिहान के खाउँ हुने अशंख्य नेपालीहरुको कथालाई समाबेस गरिएको छ । यस भित्र पनि हुँदा खानेहरुका लागि दशैं दशा बनेर आएको एक घत लाग्दो कथालाई छर्लंग पार्न गीतले महत्वपुर्ण भूमिका निर्वाह गरेको छ ।
 
“आयो दशैं गरिबलाई रुवाउन” बोलको गीतमा सर्वप्रिय गायक घमेश दुलाल र गोमा कोइरालाको सुमधुर स्वर सुन्न सकिन्छ । 
 
आयो दशैं गरिबलाई रुवाउन” बोलको गीतलाई समाजको यथार्थ भोगाई र गरिब निमुखाहरुको पिंडालाई समेटेर प्रतिभावान सर्जक शम्भु नेपालले लय तथा शब्द सिर्जना गरेका छन् ।
 
म्युजिक भिडियोलाई राज तामाङ्ग, प्रिती तामाङ्ग, रामशरण ढकाल, साजन बलामी, शितल राना मगर र आदित्य चापागाईंको जिबन्त अभिनय रहेको छ। 
 
गीतको म्युजिक भिडियोलाई निर्देशन मनोज खड्काले गरेका हुन् भने छायांकन रबिन बजगाईं र सम्पादन प्रकाश एस.के ले गरेका छन् । गीतको अडियो तथा भिडियोको सर्वधिकार संगीत सरोबर संग रहेको छ ।
 
भिडियो हर्न तलको क्लिक गर्नु होला -
https://www.youtube.com/watch?v=ksFL5Cuo4vE