सामसङले ल्यायो दशैमा छुटैछुट

आश्विन ०१,२०७६

-

असोज १,२०७६ काठमाडौं । 
इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले आउँदै गरेका चाडपर्वको उपलक्ष्यमा आफ्ना उत्पादनहरुको खरिदमा विशेष छुटको व्यवस्था मिलाएको छ ।
 
सामसङ टिभि, वासिङ्ग मेसिन तथा फ्रिज जस्ता उपकरणहरुले चाडपर्वमा रौनकता थप्ने हुँदा सामसङले ‘सामसङ आयो, खुसी छायो’ योजना अन्तर्गत उपभोक्ताहरुलाई अझै खुसी प्रदान गर्न यो छुट प्रदान गरेको हो । 
 
यस छुटको साथसाथै सामसङले आफ्ना टिभिहरुमा २ वर्षको वारेन्टी (१ वर्ष फुल प्रोडक्ट वारेन्टी तथा थप १ वर्ष प्यानलमा), डिजिटल इन्भर्टर टेक्नोलोजीमा १० वर्षको वारेन्टी, तोकिएका आउटलेटहरुबाट सहज किस्ताबन्दी तथा निश्चित होम अप्लाइन्सहरुको निःशुल्क जडान गरिदिने व्यवस्था पनि मिलाएको जनाएको छ ।
 
हिम इलेक्ट्रोनिक्स प्रालि तथा त्रिवेणी व्यापार प्रालिका अधिराज्यभर रहेका आधिकारिक डिलर नेटवर्क अन्तर्गतका वितरकहरु मार्फत् यो योजना असोज एक गतेदेखि कात्तिक २९ गतेसम्म रहनेछ ।