महिला हिंसा अन्त्य गर्न सरकार जिम्मेवार रहेको मन्त्री थापाको भनाई

कार्तिक ०५,२०७६

-

 
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा मगरले महिला हिंसा अन्त्य गर्न तीनै तहका सरकार जिम्मेवार भएर काम गर्नु आवश्यक रहेको बताउनुभएको छ । 
 
बेजिङ्ग सम्मेलनको २५ वर्ष प्लस् राष्ट्रिय समिक्षा कार्यक्रमकोे अवसरमा आज, वियोण्ड वेजिङ्ग कमिटिले काठमाण्डौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री मगरले सो कुरा बताउनुभएको हो ।
 
उहाँले स्थानीय तहहरु जनताको नजिकै भएकाले महिलाहरुको अवस्था स्थानीय तहसँग बुझ्ने र स्थानीय सरकारसँग मिलेर महिला हिंसा निवारण कोष निर्माण गर्ने तयारीमा सरकार रहेको बताउनुभयो । 
 
स्थानीय तहले सरकारले बनाएको योजनाहरु कार्यान्वयन गर्न सक्यो भने महिला हिंसाको घटना न्यूनिकरण गर्न सम्भव रहेको उहाँको भनाई छ । 
 
यस्तै वियोण्ड वेजिङ्ग कमिटिका अध्यक्ष शान्ता लक्ष्मी श्रेष्ठले सन् १९९५ मा चिनको भएको बेईजिङ्गमा भएको चौथो विश्व महिला सम्मेलनका कारण महिलाहरुले आफ्नो आवाज राख्ने वातावरण बनेको बताउनुभयो । 
 
उहाँले चौथो विश्व महिला सम्मेलनले विश्वलाई नै लैगिंक समानताको लागि उन्मुख गराएकाले नेपालमा पनि यसले परिवर्तन आएको उहाँले बताउनुभयो । नेपालले वेईजिङ्ग सम्मेलनले प्रतिपादन गरेका १२ वटा सरोकारका सवालहरुको कार्यान्वयनका लागि राष्टिय कार्यनीति तयार गरी पूर्ण प्रतिवद्धता व्यक्त गरिसकेको छ । 
 
जसमा वियोण्ड बेइजिङ्ग कमिटि नेपालले सन् १९९४ देखि नै लैङ्गीकता र महिला तथा बालिकाको अधिकारका लागि काम गर्दै आएको छ ।