नेपाल बंगलादेश बैंकद्वारा नवकिरण आश्रमलाई ब्लान्केट सहयोग

मंसिर ०४,२०७६

-आस्था न्युज

२०७६ मंसीर ०४ , काठमाडौँ l विश्व बाल दिवसको अवसरमा नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आज ललितपुर २३ हात्तीवन, धापाखेल, स्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई  जाडोको ब्ल्यांकेट हस्तान्तरण गरेको हो । बैंकले सो अनाथालयमा अनाथ तथा असहाय बालबालिकालाई अध्ययन र बसोबासको लागि सहज होस् भनि  ३१ वटा ब्ल्यांकेट वितरण गरेको हो। बैंकका सहायक महाप्रबन्धक श्री सलोनिका सिंहले सो अनाथालयका बालबालिकाहरुलाई सहायोग सामग्री हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा सो संस्थाकी अध्यक्ष्य आमा  सावित्री पोखरेलले सो सहयोगले बालबालिकालाई सहयोग पुग्ने बिश्वाश व्यक्त गर्नुभयो ।

बंगलादेश बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको  छ । बैंकले बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।