रिचार्ज गर्दा पिन नम्बर मेटिएर हैरान हुनुन्छ ? अब यसो गर्नुहोस

पौष ०२,२०७६

-

पुस २,२०७६ काठमाडौं ।
नेपाल टेलिकमका रिचार्ज कार्डमा नम्बर मेटिएर कम्तीमा ६ वटा नम्बर मात्रै रहे पनि रिचार्ज गर्न सकिने भएको छ ।
 
यसका लागि ग्राहकले पहिलो चरणमा टेलीकमको वेबसाइटबाट आफैंले रिचार्ज गर्न सक्नेछन् । 
 
कार्डको पिन नम्बर प्रष्ट नभएमा वा कोरिएमा ग्राहकले नम्बर बिग्रिएको रिचार्ज कार्डको सिरियल नम्बर, रिचार्ज कार्डमा देखिने पिन नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर उपलब्ध गराउनु पर्छ । 
 
यसका लागि कम्पनीको वेबसाइटमा गएर पिन रिकभरीमा क्लिक गर्ने वा सिधै http://pinrecovery.ntc.net.np/ मा लग अन गर्नुपर्छ ।
 
रिचार्ज कार्डमा भएका १६ अंकका पिन नम्बर मध्ये कमसेकम ६ वटा अंक देखिने हुनुपर्छ । 
 
यसरी देखिने पिन नम्बरलाई कार्डमा लेखिएको अवस्थामा राख्नुपर्छ र मेटिएको अंकमा ‘८’ चिन्ह राख्नुपर्छ । 
 
जस्तो कि पिन नम्बरको फम्र्याट १२३४५६७८९०१२३४५६ छ र बीच बीचका पिन नम्बर मेटिएको वा नबुझिने छ भने त्यही अनुसार १८८४५८७८८८१२८८५८ संरचना बमोजिम राख्नुपर्छ । 
 
यसरी रिचार्ज गर्दा पनि गलत भयो भने बढीमा १० पटकसम्म प्रयास गर्न सकिन्छ । यो भन्दा बढी पटक गलत तरिकाले रिचार्ज गर्न खोजियो भने सफल हने छैन ।
वेबसाइटबाटै ग्राहकले आफंै रिचार्ज गर्ने व्यवस्थाले सेवाग्राहीलाई सहज हुने टेलिकमले अपेक्षा गरेको छ ।