सञ्चार तथा सूचना प्रविधि मेला प्रभु पे क्यान इन्फोटेक २०२० फागुन २ देखि ७ सम्म भृकुटीमण्डपमा

विशेष आकर्षण रोबोट र ड्रोनबाट प्रदर्शनीको उद्घाटन

माघ १६,२०७६

-आस्था न्युज

१६ माघ, काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मेला प्रभु पे क्यान इन्फोटेक २०२० फागुनको २ गतेदेखि ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ l कम्प्युटर एशोसिएशन नेपाल क्यान महासंघले आयोजना गर्ने मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२० को  यो यो २६ औं संस्करण हो l

 

सञ्चार तथा सूचना प्रविधि र मनोरञ्जनसम्बन्धी प्रदर्शनी तथा सम्मेलनको यस संस्करणको टाइटल स्पोन्सर प्रभु पे ले गरेको  छ । प्रदर्शनीका ८० प्रतिशत स्टल बुकिङ भइसकेको क्यान महासंघका अध्यक्ष नवराज कुँवरले बुधबार पत्रकार सम्मेलन मार्फत बताएका छन् ।

 

क्यान इन्फोटेक २०२०को  विशेष आकर्षण रोबोट र ड्रोनबाट प्रदर्शनीको उद्घाटन रहने छ ।

 

सूचना प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ । प्रदर्शनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

 

क्यान इन्फोटेक २०२० ले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिने छ । क्यान इन्फोटेक २०२० मा विभिन्न खण्डहरु रहने छन् जसमा ब्राण्डिङ, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रोबोटिक्स, इ–वेष्ट म्यानेजमेण्ट, मिटिङ हल, वाइफाइ तथा इण्टरनेट र रोजगार केन्द्र मुख्य छन् ।

 

क्यान इन्फोटेक २०२०को  विशेष आकर्षण रोबोट र ड्रोनबाट प्रदर्शनीको उद्घाटन रहने छ । त्यस्तै  गेमिङ जोन , इन्नोभेशन एक्स्पोजर , नयाँ प्रडक्टहरु र आइडियाहरुको प्रदर्शनी, लगायत इन्फोटेकमा स्टार्टअप आइडिया तथा प्रोजेक्ट प्रतिस्पर्धा र जुनियर इन्नोभेटरको प्रदर्शनी का साथै रोबोवार्स, अक्वाबोट, पुसबोट, ड्रोन डान्सिङ र रोबोट रेस जस्ता प्रतिस्पर्धा पनि आयोजना गरिने छ जसमा हरेक प्रतिस्पर्धाका विजेताले आकर्षक पुरस्कार पाउने छन् । यसका लागि बेग्लै विशेष पेभिलियनको व्यवस्था गरिने योजना रहेको छ l

त्यस्तै , स्मार्ट सेलले ९९ रुपैया पर्ने सिम कार्ड र त्यसमा ९० रुपैयाको रिचार्ज, २०० एम।बि डाटा, १० वोटा एस.एम.यस निशुल्क उपलब्ध गराउने भएको छ |

 

क्यान इन्फोटेकको यो संस्करणको प्रबेश शुल्क रु १०० राखिएको छ, बिधार्थीहरुले ५० प्रतिशत छुट पाउने छन भने, सामुदायिक तथा सरकारी विद्यालय र कलेजका बिधार्थीहरु, संचारकर्मी, जेष्ठ नागरिक, फरक क्षमता भएका ब्यक्तिहरुले निशुल्क प्रवेश पाउन सक्नेछन। यसैगरि, फाल्गुन ५ गतेलाई “बिजनेस डे” तोकिएको छ ।

 

क्यान इन्फोटेक २०२० को टिकटलाई पेपरलेस बनाइएको छ । अवलोकनकर्ताले प्रभु पेबाटै टिकट किन्न सक्ने छन् भने प्रदर्शनीस्थलमा पनि किओस्क मेशिनबाट टिकट लिन सकिने छ । यसले प्रदर्शनी अवलोकन गर्न चाहने व्यक्तिहरुले इन्फोटेक प्रवेशमा लाग्ने समयको वचत गर्न सकिने छ । प्रदर्शनीमा प्रभु पे, वर्ल्डलिंक र भायानेटले बिशेष आकर्षक योजनाहरु सार्बजनिक गर्दै छन भने एनसेल ले आकर्षक प्याकेज सहित निशुल्क सिमकार्ड र सुबिधाहरु उपलब्ध गराउने छ |

 

 

क्यान इन्फोटेक मेलामा विभिन्न अन्तरराष्ट्रिय मोबाइल कम्पनीहरुले आफ्ना ब्राण्ड तथा उत्पादनको प्रदर्शनी तथा आकर्षक छुटमा बिक्री समेत गर्नेछन् । अपरेटिङ सिष्टम सफ्टवेयर, नेटवर्किङ सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु पनि प्रदर्शनीमा राखिने छन् । त्यसैगरी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि मेलामा रहने क्यान महासंघका महासचिव नारायण थापाले जानकारी दिए ।

 

 

क्यान इन्फोटेक २०२० को एशोसिएट स्पोन्सरमा वल्र्ड्लिंक कम्युनिकेशन्स र प्लाटिनम स्पोन्सरमा एनसेल रहेका छन् भने डायमण्ड स्पोन्सरमा भायानेट कम्युनिकेशन्स रहेको छ । त्यसैगरी, स्मार्ट टेलिकम, नियोटेरिक नेपाल र सागर डिष्ट्रिब्युशन गोल्ड स्पोन्सर रहेका छन् भने जेनेस सोल्युशन, लर्ड बुद्ध एजुकेशन फाउण्डेशन र एस–पावर बीपीई सिल्भर स्पोन्सर रहेका छन् ।

 

ब्रेन डिजिट आईटी सोल्युशन क्यान इन्फोटेक २०२० को डिजिटल पार्टनर रहेको छ । त्यसैगरी क्रियटिभ पार्टनरमा आर आर श्री स्कुल अफ टेक्नोलोजी, गेमिङ्ग पार्टनर ओसियन कम्प्युटर तथा अफिसियल सञ्चार संस्थामा प्रविधि पत्रकार मञ्च, अफिसियल इन्सुरेन्समा प्रभु इन्सुरेन्स, रिसर्च पार्टनर सी.यस.आर,    अफिसियल ट्राभल पार्टनर बिएन होलिडेज रहेको छ ।

 

प्रदर्शनीलाई सफल वनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श तथा नेपाल मोबाइल डिष्ट्रिब्युटर्स एशोसिएशन, एशोसियसन अफ इन्जिनियरिङ्ग कलेज सहयोग गरेका छन् । त्यसैगरि अन्तराष्ट्रिय संस्था असोसियो र विट्सा को पनि यसको आयोजनामा सहयोग गरेको  छ ।

 

क्यान इन्फोटेक सातवटै प्रदेशमा गरिने भएको छ l प्रदेश १ को इटहरी र प्रदेश २ को वीरगञ्जमा क्यान इन्फोटेक सफलतापूर्वक सम्पन्न भैसकेको छ भने माघ १७ देखि २१ गतेसम्म प्रदेश ५ को बुटवलमा, माघ २४ गतेदेखि २८ गतेसम्म वाग्मति प्रदेशको चितवनमा, फाल्गुन ११ गतेदेखि १५ गतेसम्म गण्डकी प्रदेशको पोखरामा, फाल्गुन २० देखि २४ गतेसम्म प्रदेश ५ को नेपालगंजमा, फाल्गुन २८ गतेदेखि चैत्रको १ गतेसम्म प्रदेश ७ को धनगढीमा र चैत्र ५ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरिने भएको छ  ।