भ्रष्टाचार अभियोगमा दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १७ वर्ष जेल सजाय

शक्तिको दुरुपयोगको आरोपमा पूर्व राष्ट्रपति पार्क ग्यून-हेलाई ३२ वर्षको जेल सजाय:

फाल्गुण ०७,२०७६

-

फागुन ७,२०७६ काठमाडौं ।
दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ–बाकविरुद्ध भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय दिइएको छ ।
 
अदालतबाट ली म्यूङविरुद्ध यसअघि तोकिएको सजाय घटाउन मागदाबी गर्दै दायर पुनरावेदन अदालतले बुधबार खारेज गरिदिएको हो ।
 
सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहेका लीलाई सन् २०१८ मा जेल हालिएको थियो ।
 
उनीविरुद्ध त्यसबखत १५ वर्षको जेल सजाय र एक करोड १० लाख अमेरिकी डलर जरिवाना तोकिएको थियो । तर अदालतमा अपिल गरेपछि उनलाई तारेखमा छाडिएको थियो ।
 
सोलस्थित जिल्ला अदालतमा बुधबार भएको सुनुवाईका क्रममा अदालतले विगतको भन्दा बढी सजाय सुनाएको हो । आफूले विगतमा गरेका गल्तीको म्युङले कुनै प्रायश्चित नगरेको र जिम्मेवारीबोध समेत नगरेको अदालतको ठहर छ ।
 
आफ्नो शासनकालमा राष्ट्रपति म्यूङले पदीय दुरुपयोग गरी करछलीको आरोपमा जेलमा परेका सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन–हीलाई जेलबाट छुटाउन घुस लिएर माफी दिएका थिए ।
 
अर्की पूर्व राष्ट्रपति पार्क ग्यून–हेलाई शक्तिको दुरुपयोग गरेको आरोपमा ३२ वर्षको जेल सजाय दिइएको छ ।