फाल्गुण ११,२०७६
-आस्था न्युज
काठमाडौँ । सरकारले बिकास निर्माण गर्न नसकेर आलोचना खेपिरहेको अवस्थामा बजेट विनियोजन गरिसकेको विकास आयोजनाहरुले भने रकम खर्च गर्न नसक्ने भन्दै बजेट फिर्ता गर्न सुरु गरेका छन् ।
अर्थमन्त्री युवराज खतिवडाले चालु आर्थिक वर्ष २०७६/७७ को बजेटको समीक्षा गर्दै फागुनभित्र ठेक्का नलाग्ने आयोजनाले बजेट सरेन्डर गर्न निर्देशन दिए अनुसार बजेट फिर्ता शुरु भएको हो ।
विकास निर्माणको जिम्मा लिएर खर्च गर्न नसक्ने आयोजना तथा निकायहरुले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन अनुसार बजेट फिर्ता गर्न थालेका हुन् । विनियोजन गरिएको रकम खर्च गर्न नसकेपछि बजेट फिर्ता सुरु गरेका हुन्। चालु आर्थिक वर्षमा राष्ट्रिय गौरवका आयोजनाहरुमा एक खर्ब दुई अर्ब ६५ करोड विनियोजन गरिएकोमा ६ महिनासम्म १९ अर्ब २४ करोड मात्रै खर्च भएको छ। २२ आयोजानामध्ये कुनैको पनि प्रगति सन्तोषजनक देखिएको छैन्।
बजेट फिर्ता गर्नेमा काठमाडौं-तराई द्रुतमार्गले विनियोजित १५ अर्ब ७२ लाख बजेट मध्ये सात अर्ब ३० करोड रुपैयाँ फिर्ता गरेको छ । त्यस्तै मेलम्ची खानेपानी आयोजनाको लागि चालु आर्थिक वर्षमा विनियोजन गरिएको सात अर्ब ३८ करोड ९५ लाख रुपैयाँ बजेट मध्ये जम्मा ६५ करोड ९२ लाख मात्रै खर्च भएकोले बाकीं बजेट सरेन्डर गर्न प्रक्रिया अघि बढाएको छ । आयोजनाले जग्गाको मुआब्जा वितरण गर्न नसक्दा आयोजनाले सबै रकम खर्च गर्न नसकेको हो ।
चालु आर्थिक वर्षमा खर्च गर्न असफल राष्ट्रिय गौरवका आयोजनाहरुको अवस्था यस्तो छ l
प्रमुख समाचार