जापानका सात प्रान्तमा एक महिनाका लागि आपतकाल घोषणा

चैत्र २६,२०७६

-

चैत २६,२०७६ काठमाडौं ।
जापानमा कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित सात वटा प्रान्तमा एक महिने लामो आपत्काल घोषणा गरिएको छ । 
 
आपत्काल घोषणा गरिएका सात प्रान्तमा राजधानी टोकियो पनि पर्छ । यो आपत्काल आउँदो मे महिनाको ७ तारिखसम्म लागु हुनेछ । 
 
मङ्गलबार जापानका प्रधानमन्त्री शिन्जो अबेले आपत्कालको घोषणा गरेका हुन् । एक महिने लामो आपत्काल कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि लगाइएको हो । 
 
मङ्गलबार जापानमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या तीन हजार ९ सय ६ पुगेको छ । यो सङ्ख्या गएको हप्ताको तुलनामा दोब्बरले बढी हो । 
 
जापानमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म ९३ जनाको ज्यान गइसकेको छ ।