विदेशमा नेपालीको पिडालाई समेटिएको गित “आउछु फर्केर“

जेठ २३,२०७७



कोरोना को महामारीमा बिदेशी भुमिमा रहेका नेपालीहरु को पिडालाई समेटेर तयार पारिएको प्रभावन जे को लोक तथा दोहोरि गित “आउछु फर्केर“ सार्वजनिक भएको छ ।
 
डिएआर मुभिजले बजारमा ल्याएको उक्त गितमालोक तथा दोहोरि गायक, सर्जक प्रभावनजे को शब्द , लय र  स्वर रहेको छ भने स्मृति गौतमले उनलाई स्वरमा साथ दिएकी छन् ।
 
जीवन बडू को एरेन्ज रहेको गीतको  भिडियोमा सरोज दाहाल र अनु पराजुलीको अभिनय रहेको छ ।
 
क्यामेरा पिटर गुरुङ, सम्पादन नबिन भट्ट, कला राजाराम गौतम र ब्यबस्थापन बिबेक चौलागाईं ले गरेका छन् । भिडियो निर्देशन प्रभावन जे कै रहेको छ । भिडियो निर्माणमा बिशेष सहयोग नकुल राउत र कलाकार श्याम धिताल ले गरेका छन् ।