Trending :
 

फेसबुकमा राखिएको फोटो तथा भिडियो अबदेखि गुगलमा स्टोर गर्न सकिने

जेठ २४,२०७७

-

जेठ २४, २०७७ काठमाडौं ।
 
अमेरिका र क्यानडामा मात्र सीमित रहेको फेसबुकको नयाँ सुविधा विश्वभर विस्तार भएको छ ।
 
अत्याधिक प्रयोग हुँदै आएको सामाजिक सञ्जाल फेसबुकले गत अप्रिलदेखि अमेरिका र क्यानडामा शुरु गरेको नयाँ सुविधा अहिले भने विश्वभरी नै विस्तार गरेको हो ।
 
नयाँ सुविधा अनुसार फेसबुकमा राखिएको फोटो तथा भिडियो अबदेखि गुगल फोटोमा सारेर स्टोर गर्न सकिने भएको छ। फेसबुकबाट गुगलमा फोटो सार्नका लागि केही प्रक्रिया अपनाउनु पर्ने कम्पनीले जनाएको छ।
 
गुगलमा फोटो सार्नका लागि फेसबुकको ‘योर फेसबुक इन्फर्मेसन’ मा जानु पर्नेछ। त्यसका लागि सेटिङमा जानु पर्दछ। त्यसपछि ‘ट्रान्सफर ए कपी अफ योर फोटोज अर भिडियो’ मा जानुपर्ने हुन्छ।
 
त्यहाँ क्लिक गरेपछि फेसबुकमा रहेको फोटो गुगल फोटोमा गएर संग्रह हुने फेसबुकका अधिकारीहरुको भनाई छ।
 
फोटो सार्ने सेवा शुरु गर्न पासवर्ड पनि माग्नेगरी मिलाइएको छ। आफ्नो फेसबुक र गुगल ‘अकाउन्ट’लाई लिंक गरिसकेपछि प्रयोगकर्ताले आफ्नो फेसबुकको फोटोहरू ‘गुगल फोटोज’मा सार्न सक्नेछन्।