कोरोनाका कारण घर आउन चाहने सबै नेपालीलाई विदेशबाट ल्याऊन कांग्रेसको माग

जेठ २४,२०७७

-

जेठ २४,२०७७ काठमाडौं ।
नेपाली कांग्रेसले कोरोना भाइरस कोभिड(१९ का कारण घर र्फकन चाहने सबैलाई ल्याउन सरकारसँग माग गरेको छ ।
 
कांग्रेसको नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, विदेशका जुकसुकै पनि कुनामा रहेका नेपालीहरुलाई आफ्नो घर र्फकन पाउने अधिकार छ । तसर्थ संख्या तोक्ने होइन, आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउनु पर्छ ।’
 
विदेशमा रहेर कोरोनाका कारण रोजगारी गुमाएका र नेपाल आउने खर्च जुटाउन नसक्ने नागरिकहरुलाई सरकार आफैले खर्च गरेर भएपनि ल्याउनुपर्ने भट्टराईले बताएका छन् ।
 
उनले विदेशबाट ल्याइएका सबैको पीसीआर विधिबाट परिक्षण गर्न र मापदण्ड अनुसारको क्वारेन्टिनमा राख्न माग गरेका छन् ।