डा. डीआर उपाध्यायको गीत ‘घर यस्तो होस्’ सार्वजनिक

जेठ २४,२०७७

-

जेठ २४,२०७७ काठमाडौं ।
डा. डीआर उपाध्यायको गीत ‘घर यस्तो होस्’ सार्वजनिक भएको छ । डीआरको शब्दरस्वर र सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशन मार्फत सार्वजनिक गरिएको छ ।
 
गीतकारका रुपमा विभिन्न थुप्रै विश्व रेकड् कायम गरेका डा. उपाध्याय गायनमा पनि यो गीत मार्फत देखिएका छन् । सवैको घर स्वर्ग जस्तो होस् जसका लागि आवश्यक कुराहरु के-के हुन भन्ने विषय डा. उपाध्यायले गीत मार्फत प्रस्तुत गरेका छन् ।