कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, नेपालमा कोरोनाबाट मर्नेको संख्या ३५ पुग्यो

आषाढ २२,२०७७

-

असार २२, २०७७ काठमाडौं ।
नोभेल कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । 
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा बागलुङको निसिखोला गाउँपालिका-३ का २९ वर्षीय पुरुष रहेका छन् । 
उनी असार २१ गते मृत्यु भएको हो । उनी ढोरपाटन नगरपालिकाको क्‍वारेन्टिनमा रहेको बताइएको छ ।
 
यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या  ३५ पुगेको छ ।