बाह्रबिसे बाढी पिडितलाई आर्थिक सहयोग

आषाढ २६,२०७७

-

असार २६,२०७७ काठमाडौं ।
स्वदेश तथा विदेशमा रहेका समाजसेवीहरुले सिन्धुपाल्चोकको बाह्रबिसे बाढी पिडितलाई आर्थिक सहयोग रकम पठाएका छन् ।
 
हेम माया फाउण्डेसनका संस्थापक हेम र माया थापा, इजराएलमा बस्दै आउनुभएका समाजसेवी पवित्रा गौतम, झकिन्द्र खतिवडा र साउदी अरबबाट लाललप्रसाद फुयालले पठाउँनुभएको ७५ हजार रुपैयाँ सहयोग गरिएको हो ।
 
पिडितलाई केही राहत पुगोस भन्ने उदेश्यले साामाजिक अभियान्ता मुकुन्द घिमिरेको संयोजनमा बाढी प्रभावित क्षेत्र बाह्रबिसेको जम्बुमा आर्थिक रकम हस्तानतरण गरिएको हो ।
 
 
उक्त कार्यका लागि नेपाल शाकाहारी पार्टीका संयोजक राधे खड्काले सहयोगी भुमिका निर्वाह गरेका थिए ।  
 
बुधबार राति भोटेकोसीमा बाढी आएसँगै सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ गाती जम्बुमा एल्मो ठाडो खोला बस्ती पस्दा १५ घर बगाएको थियो । बाढीले बस्तीका १५ भन्दा बढि ब्यक्तिहरु बेपत्ता बनाएकोमा दुई जनाको शव फेला परेको छ ।
 
बेपत्ताहरुको खोजि कार्य अझै जारी छ । बाढिले बस्ती तथा खाद्यान्न बगाउँनुका साथै मानिस बेपत्ता पारेपछि स्थानिय यतिबेला शोकमा छन् ।