बाढि पहिरोबाट भएका घटनाप्रति प्रधानमन्त्री ओलीद्धारा दुःख व्यक्त, उद्धार र राहतका लागि तयारी अवस्थामा रहन निर्देशन

आषाढ २६,२०७७

KP-Sharma-Oli

-

असार २६,२०७७ काठमाडौं ।
 
बाढि पहिरोबाट भएका घटनाप्रति प्रधानमन्त्री ओलीद्धारा दुःख व्यक्त,उद्धार र राहतका लागि तयारी अवस्थामा रहन निर्देशन
 
प्रधानमन्त्री केपी शर्मा ओलीले देशका विभिन्न जिल्लामा भएका बाढी पहिरोबाट भएको क्षेति प्रति दुःख व्यक्त गरेका छन् । शुक्रबार राति जनताका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपद्का घटना बढिरहेकाले सबैजना सचेत रहनुपर्ने बताउर्दै उद्धार र राहतका लागि तयारी अवस्थामा रहन समेत आग्रह गरे ।
 
प्रधानमन्त्री ओलीले सरकारको सारा ध्यान र सम्पूर्ण प्रयास महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित रहेको बताए । ओलीले रोग र भोकबाट देशवासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि नहट्ने बताए ।
 
ुमैले पहिले पनि भनेको छु, रोग र भोकबाट देशबासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि हट्दैन । त्यसैले मेरो र मैले नेतृत्व गरेको सरकारको सारा ध्यान र संम्पूर्ण प्रयाश महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित छु, प्रधानमन्त्रीले सम्बोधनका क्रममा भने ।
 
ओलीले आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख बन्न कसैले पनि नमिल्नेमा जोड दिए ।