आषाढ २९,२०७७
-पारस पोखरेल
श्रीनेहा पोखरेल एक युवा सामाजिक अभियन्ता तथा समाजसेवी हुनुहुन्छ l युवा अवस्थाको सुरुवात देखिनै सामाजिक सेवामा लाग्नु भएकी उहाले अनुकरणीय सामाजिक एवं मानवीय सेवा प्रदान गर्दै आउनुभएको छ l सडकबाट मानसिक अवस्था ठिक नभएका मानिसहरुलाई उद्धार गरी उनीहरुलाई उपचार र आश्रय प्रदान गर्दै आउनु भएकी श्रीनेहा एक उदाहरणीय व्यक्तित्व समेत हुनुहुन्छ l यिनै समाज सेवी युवा अभियन्ता संग आस्था न्युजले भिडियो अन्तर्वार्ता लिएको छ l जसलाई हामी यसमा प्रस्तुत गरेका छौ l
सामाजिक र पारिवारिक रुपमा तिरस्कार भई मानसिक रोगका कारण सडकमा आउन बाध्य भएका कयौ महिलाहरुलाई उहाले निबस्त्र अवस्थामा समेत उद्धार गर्नु भएको छ l यस्ता सडकमा बसेका कयौ महिलाहरु बलात्कृत भई गर्भवती भएकाहरुलाई समेत संरक्षण गरी तिनीहरुले जन्माएका बालबालिकाहरुलाई आमा सरह पालन पोषण र हेरचहा गर्दै आउनु भएको छ l
सडकबाट उद्धार गरिएका मानसिक रोगीहरुलाई राख्न र उपचार गर्न नेपाल स्नेही काख नामक सामाजिक संस्थाको स्थापना गरी संचालन गर्दै आउनुभएको छ l सहयोगी मनहरुको सहयोगबाट संचालित यस संस्थाको आफ्नो कुनै आयश्रोत र निरन्तर सहयोग गर्ने सहयोगी दाताहरु भने छैनन् l
यस अन्तर्वार्तामा आयश्रोत नभएकाले सडकबाट हालै उद्धार गरी ल्याएकी रेखा तामाङ मानसिक रोगीको अप्रेसन गर्न पैसा नपुगेको भन्दै मेरो छोरी बचाईदिन सबैलाई आग्रह गर्दै सहयोगको अपिल समेत गर्नु भएको छ l
संस्थाको सेवा कार्यबाट प्रेरित भई आउने आगन्तुक र प्राप्त हुने सहयोग यस संस्थाको श्रोत भएको तर त्यसको निरन्तरता नहुदा समस्या परेको श्रीनेहा बताउनु हुन्छ l संस्थामा नाम चलेको सेलिब्रेटी र नेताहरु आउने गरेता पनि कसैले नियमित सहयोग भने गर्ने नगरेको सुनाउदै सबैबाट मासिक सहयोग नियमित प्राप्त भए सेवा कार्यमा सहज हुने भन्दै नियमित सहयोगको लागि सबै संग अपिल गर्नु भएको छ l
उहा भन्नुहुन्छ , सबैबाट प्राप्त भएको सहयोगले कुवा बन्छ र त्यहि कुवाबाट निकाल्दै सेवा गर्ने हो, यदि सहयोग प्राप्त भएन भने त्यो कुवा सुक्छ र सामाजिक कार्य गर्न पनि गाह्रो हुन्छ l उनी युवा सामाज सेवी तथा सामाजिक अभियन्ता संग आस्था न्युजका सम्पादक पारस पोखरेलले लिनु भएको अन्तर्वार्ता प्रस्तुत गरेका छौ l यसलाई हेरी प्रतिक्रिया दिनु हुन् समेत अनुरोध गर्दछौ l
प्रमुख समाचार