अन्तर्वार्ता श्रीनेहा पोखरेलसँग, कलिलो हातको अनुकरणीय सामाजिक सेवा कार्य

आयश्रोत नभएकाले सडकबाट हालै उद्धार गरी ल्याएकी रेखा तामाङ मानसिक रोगीको अप्रेसन गर्न पैसा नपुगेको भन्दै मेरो छोरी बचाईदिन सबैलाई आग्रह गर्दै सहयोगको अपिल

आषाढ २९,२०७७

-पारस पोखरेल

श्रीनेहा पोखरेल एक युवा सामाजिक अभियन्ता तथा समाजसेवी हुनुहुन्छ l युवा अवस्थाको सुरुवात देखिनै सामाजिक सेवामा लाग्नु भएकी उहाले अनुकरणीय सामाजिक एवं मानवीय सेवा प्रदान गर्दै आउनुभएको छ l सडकबाट मानसिक अवस्था ठिक नभएका मानिसहरुलाई उद्धार गरी उनीहरुलाई उपचार र आश्रय प्रदान गर्दै आउनु भएकी श्रीनेहा एक उदाहरणीय व्यक्तित्व समेत हुनुहुन्छ l यिनै समाज सेवी युवा अभियन्ता संग आस्था न्युजले भिडियो अन्तर्वार्ता लिएको छ l जसलाई हामी यसमा प्रस्तुत गरेका छौ l

 

सामाजिक र पारिवारिक रुपमा तिरस्कार भई मानसिक रोगका कारण सडकमा आउन बाध्य भएका कयौ महिलाहरुलाई उहाले निबस्त्र अवस्थामा समेत उद्धार गर्नु भएको छ l यस्ता सडकमा बसेका कयौ महिलाहरु बलात्कृत भई गर्भवती भएकाहरुलाई समेत संरक्षण गरी तिनीहरुले जन्माएका बालबालिकाहरुलाई आमा सरह पालन पोषण र हेरचहा गर्दै आउनु भएको छ l

 

सडकबाट उद्धार गरिएका मानसिक रोगीहरुलाई राख्न र उपचार गर्न नेपाल स्नेही काख नामक सामाजिक संस्थाको स्थापना गरी संचालन गर्दै आउनुभएको छ l सहयोगी मनहरुको सहयोगबाट संचालित यस संस्थाको आफ्नो कुनै आयश्रोत र निरन्तर सहयोग गर्ने सहयोगी दाताहरु भने छैनन् l

 

यस अन्तर्वार्तामा आयश्रोत नभएकाले सडकबाट हालै उद्धार गरी ल्याएकी रेखा तामाङ मानसिक रोगीको अप्रेसन गर्न पैसा नपुगेको भन्दै मेरो छोरी बचाईदिन सबैलाई आग्रह गर्दै सहयोगको अपिल समेत गर्नु भएको छ l

 

संस्थाको सेवा कार्यबाट प्रेरित भई आउने आगन्तुक र प्राप्त हुने सहयोग यस संस्थाको श्रोत भएको तर त्यसको निरन्तरता नहुदा समस्या परेको श्रीनेहा बताउनु हुन्छ l  संस्थामा नाम चलेको सेलिब्रेटी र नेताहरु आउने गरेता पनि कसैले नियमित सहयोग भने गर्ने  नगरेको सुनाउदै सबैबाट मासिक सहयोग नियमित प्राप्त भए सेवा कार्यमा सहज हुने भन्दै नियमित सहयोगको लागि सबै संग अपिल गर्नु भएको छ l

 

उहा भन्नुहुन्छ , सबैबाट प्राप्त भएको सहयोगले कुवा बन्छ र त्यहि कुवाबाट निकाल्दै सेवा गर्ने हो, यदि सहयोग प्राप्त भएन भने त्यो कुवा सुक्छ र सामाजिक कार्य गर्न पनि गाह्रो हुन्छ l  उनी युवा सामाज सेवी तथा सामाजिक अभियन्ता संग आस्था न्युजका सम्पादक पारस पोखरेलले लिनु भएको अन्तर्वार्ता प्रस्तुत गरेका छौ l यसलाई हेरी प्रतिक्रिया दिनु हुन् समेत अनुरोध गर्दछौ l