एसिड आक्रमण कसरी रोक्ने ?

श्रावण १३,२०७७

Binod Tripathi



 
 
● विनोद त्रिपाठी ---
 
  नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान व्युरो (सिआइवी) मा काम गरिसकेका एक अवकास प्राप्त अधिकृतको भनाईलाई आधार मान्ने हो भने भारतीय नागरिकबाट नेपाल भित्र नेपाली असुरक्षित छन् । सिपमुलक काम, व्यापार र अध्ययनको शिलशिलामा जति भारतीय नेपाल आएका छन्, उनिहरुवाट कुनै न कुनै अपराधका काम नेपाल भित्रिएका छन् । खासगरि, भारतीयहरुको लोभलालच र प्रलोभनमा परेर युवतीहरु कुनै न कुनै शिकार हुने गरेका छन् । 
 
राजधानी दिल्लीकै कुरा गर्ने हो भने कुनै युवती बस स्टेशन, मेट्रो, पार्क, सडकमा निर्धक्क एक्लै हिंडेका निकै नै कम देखिन्छन् । कि परिवार वा मिल्ने साथीसंग मात्र युवतीहरु बाध्यताले बजार निस्कन्छन् । विभिन्न अन्तराष्ट्रिय संस्थाहरुले दिल्लीलाई विश्वको बलत्कारको राजधानी भनेका थिए । अलिकति खुल्ला वातावरण रहेका बम्बई र पर्यटकीयस्थल गोवामा पनि भारतीय युवतीको सामाजिक स्वतन्त्रताको उपयोग निकै कम देखिन्छ ।
 
 
हतियार र प्रबृधिलाई दुरुपयोग गरेर भारतमा युवतीहरुलाई दुख यातना दिने अत्यधिक हुने गर्छ । विभिन्न प्रकारका साइवर अपराधदेखि भौतिक हमलाका अपराधमा भारत विश्वमै पहिलो छ । भारतीय पुरुषहरुको डरले कतिपय भारतीय युवतीहरुले सामाजिक संजाल चलाउँदैनन् । आफन्त, साथीभाई र इष्टमित्रका पुरुषहरुवाट भारतीय युवतीहरु ज्यादा पीडित भएको विभिन्न तथ्यांकले देखाएको छ । सन २०१८ मा १ लाख २७ हजार २ सय ५८ युवती तथा महिला भारतमा बलत्कार तथा हिंसाको शिकार भएका मुद्धा दर्ता भएका थिए ।
 
त्यसपछि क्रमश : यो बढेर २०१९ मा ३ लाख ५९ हजार ८ सय ४९ जना महिला भारतीय पुरुषबाट चरम पिडा भोग्न बाध्य भए । भारतीय नेशनल क्राइम रेकर्डस व्युरोका अनुसार, भारतमा हरेक ५ मिनेटमा युवती तथा महिला कुनै न कुनै हिंसाको शिकार वन्ने गरेका छन् । 
 
त्यसैले, नेपाल–भारत सिमानामा तारवार गरेर भिषा प्रणाली लागु गर्नु पहिलो आवस्यकता हो । एसिड जस्तो अक्षम्य अपराध रोक्न अब भारतका अपराधका सिकाईहरु नेपाल भित्रन दिन हुँदैन ।
 
 
खुल्ला सिमानाले भारतको सोझो प्रभाव नेपाल भित्र परेको छ । भारतका अपराधी पुरुषवाट नेपालका अपराधी पुरुषले पनि त्यहाँका अपराधका काम सिकेका छन् । यसको पहिलो उदाहरण हो , एसिड आक्रमण । एसिड आक्रमण हुने पहिलो देश भारत हो । भारतमा प्रविधीको पनि दुरुपयोग गरेर त्यहाँका पुरुषले महिलालाई पिडा दिएका हुन्छन् । यी सबै अपराधका कामहरु नेपालमा रहेका नेपाली अपराधीले पनि सिकेका छन् । यो सिकाईले नेपाली पुरुषवाट नेपाली युवतीहरु पीडित भएका उदाहरण विगतमा हुँदै आएका छन् । यसलाई रोक्न सबैभन्दा पहिलो भारतसंगको हाम्रो खुल्ला सम्वन्ध पुरै तोड्न आवस्यक छ । 
 
एसिड आक्रमण, महिला हिंसा, क्रुर अपराध, सामाजिक विभेद, लैंगिक भेदभाव, जातीय क्षेत्रीय छुवाछुत, अन्धविश्वास, कुरीति र धार्मिक अन्तरद्धन्द्ध भारतबाट आयातीत विकृत रुप हुन् । यस्ता आपराधिक संस्कृतिको विकास गर्नेमा विश्वमा भारत वाहेक अन्य कुनै देश छैन । दक्षिण एशियामा भारतकै कारण सबै देशका नागरिकहरु हैरान बनिरहेका छन् । भारतबाट छुट्टिएका बंगलादेश र पाकिस्तानमा यो विकृति काम हुने नै भयो । श्रीलंका र नेपालमा भारतको सोझो पहुँच छ । माल्दिभ्स र भुटानको भारतसंग सांस्कृतिक सम्वन्ध मिल्दैन । त्यसैले, भारतीय विकृत रुपको सबैभन्दा मारमा अहिले नेपाल छ । यसबाट भारतकै सभ्य र असल नागरिक पनि हैरानमा छन् ।
 
भारत हाम्रो छिमेकी राष्ट्र हो । भुगोलका कारण पनि भारतका धेरै राम्रा नराम्रा पक्षले नेपाललाई प्रभाव पार्ने हुन्छ । यसप्रति नागरिकलाई सचेत वनाउँदै भारतीय विकृत रुपहरु नेपालमा रोक्न दिर्घकालीन कदम चाल्नुपर्छ । नत्र, भारतमा हिंसाजन्य काम रहेसम्म नेपालले त्यसको मार खेपिरहनुपर्छ ।
 
 
एसिड आक्रमणको शुरुवात करिब तिन दशक अघि होला, अफ्रिकाको नाइजेरिया देशको एक स्कुलका युवाले आफ्नी प्रेमिकालाई प्रहार गरेको शुरुवात मान्न सकिन्छ । त्यसपछि धेरै इस्लामिक मुलुकहरु र भारतमा यसलाई हतियारका रुपमा प्रयोग गर्न थालियो । भारत विश्वमा धार्मिक द्धन्द्ध र महिला हिंसा हुने एक नंबर देशमा पर्छ । भारत विश्वमै दोस्रो ठुलो जनसंख्या भएको देश हो । त्यहाँ ठुला शहरहरु छन् ।
 
तर, राजधानी दिल्लीकै कुरा गर्ने हो भने कुनै युवती बस स्टेशन, मेट्रो, पार्क, सडकमा निर्धक्क एक्लै हिंडेका निकै नै कम देखिन्छन् । कि परिवार वा मिल्ने साथीसंग मात्र युवतीहरु बाध्यताले बजार निस्कन्छन् । विभिन्न अन्तराष्ट्रिय संस्थाहरुले दिल्लीलाई विश्वको बलत्कारको राजधानी भनेका थिए । अलिकति खुल्ला वातावरण रहेका बम्बई र पर्यटकीयस्थल गोवामा पनि भारतीय युवतीको सामाजिक स्वतन्त्रताको उपयोग निकै कम देखिन्छ ।
 
भनिन्छ, भारतमा केहि करोड महिला घर भित्र जन्मिएर, घर भित्रै हुर्किएर आफ्नो सारा जिवन घर भित्रै विताउँछन् । जन्म वा कर्म घरकोे चौघेरा बाहेक वाहिरी दुनियाँ नदेखिकन करोडौं महिला जिवन यापन गर्छन् । किनकी भारत महिलाका लागि विश्वमै सबैभन्दा असुरक्षित देश हो । त्यहि भएर, त्यहाँका सेलिब्रेटी परिवार, ब्यापारी वा अन्य चर्चित भारतीय परिवारले आफ्नो स्थायी बसोबास दुबई, क्यानाडा, अमेरिका र केहि युरोप मुलुकमा राखेका छन् ।
 
यो विकृत विरुद्ध भारतीय बुद्धिजिवीहरुले आफ्नै सामाजिक विकृत विरुद्धमा धेरै फिल्म वनाइसके । दिल्लीमा भएको निर्भया वलत्कार काण्डमा भारतीय महानायक अभिताभ वच्चनले कुनै बेला भनेका थिए,‘म भारतीय पुरुष हुँ भन्न सकिरहेको छैन ।’ उनले भारतको विकृत रुप देखेर त्यति धेरै आत्मग्लानी ब्यक्त गरेका थिए ।
नेपालले राजनीतिमा, न्यायालयमा, मनोरञ्जनमा, समाज लगायत धेरै क्षेत्रमा भारतकै विकृत रुपहरु सिकिरहेको छ । यो सबैभन्दा र्दुभाग्य हो । जबसम्म भारतसंग नेपालको सांस्कृतिक सम्वन्ध तोडिन्न, तबसम्म नेपालले हरेक एसिड आक्रमण जस्ता आपाराधिक गतिविधी व्यहोरिरहनुपर्छ । भारतीय अपराधीले गरेको अपराध नेपाली अपराधीले सिकिरहेको छ । किनकी एसिड आक्रमण जस्ता घृणित अपराध चाइना, अमेरिका, जापानबाट भित्रिएका रुप होइनन् ।
 
कुनै भारतीय नागरिक काठमाडौं, पोखरा, धरान घुम्न आयो भने उसको प्रतिक्रिया हुने गर्छ, ‘ओहो, कस्तो युरोपको जस्तै वातावरण ।’ उसले सडकभरि तहाँतहिं युवतीहरु स्वतन्त्रपुर्वक घुमेको देखेर आश्चार्य प्रकट गर्छ । किनकी अधिकांश भारतीय पुरुषहरुमा लैंगिक भेदभावले जरा गाडेको छ । अब हामीले यदि भारतसंगका धेरै सोझा सम्वन्धहरुमा पुनविचार गर्ने बेला आएको छ ।
 
२०१९ मा ३ लाख ५९ हजार ८ सय ४९ जना महिला भारतीय पुरुषबाट चरम पिडा भोग्न बाध्य भए । भारतीय नेशनल क्राइम रेकर्डस व्युरोका अनुसार, भारतमा हरेक ५ मिनेटमा युवती तथा महिला कुनै न कुनै हिंसाको शिकार वन्ने गरेका छन् । 
 
 
 
, धर्म, सस्कृति, सामाजिक, राजनीति सम्वन्धहरुमा नेपालले आफ्नै मौलिकतामा ध्यान दिनुपर्छ ।
 
२, नेपाल–भारतसंगको सोझो पहुँचले नेपाललाई ठुलो हानी पुर्याइरहेको छ । भारतमा धेरै अपराध हुन्छ । त्यसको छिटा नेपालमा परिरहेको छ । यो रोक्न भिषा प्रणाली र सिमानामा तारवार मुख्य आवस्यकता हो । जसरी, अमेरिकाले मेक्सिकोसंगको पहुँचमा निकै कडाइ गरेको छ । किनकी, मेक्सिको लागुपदार्थ र अपराधी अखडा भएको देश हो ।
 
, पर्यटक वाहेक अन्य भारतीय नागरिकको नेपाल प्रवेशमा कडाई आवस्यक छ । यसले, दुवै देशमा सुरक्षा प्रत्याभुति बनाउँछ ।
 
, हाम्रा खुल्ला सम्वन्धहरु भारत वाहेकका अन्य विकसित देशहरुसंग बढाउँदै लानुपर्छ । किनकी, सदियौंदेखि भारततीय विकृत आपराधिक गतिविधीले नेपालका केहि अपराधीलाई ठुलो मलजल पुगिरहेको छ ।
 
, भारत हाम्रो छिमेकी राष्ट्र हो । भुगोलका कारण पनि भारतका धेरै राम्रा नराम्रा पक्षले नेपाललाई प्रभाव पार्ने हुन्छ । यसप्रति नागरिकलाई सचेत वनाउँदै भारतीय विकृत रुपहरु नेपालमा रोक्न दिर्घकालीन कदम चाल्नुपर्छ । नत्र, भारतमा हिंसाजन्य काम रहेसम्म नेपालले त्यसको मार खेपिरहनुपर्छ ।
 
 अत : भारतका विकृति नेपाल भित्र नदिन भिषा प्रणाली सबैभन्दा उत्तम उपाय हो । यसले नेपाल भित्रने हरेक व्यक्तिको रेकर्ड राख्छ । दुवै देशको सम्वन्धलाई मजवुत पनि वनाउँछ । भारतीय अपराधी र अपराधका कुकर्मले नेपाल मात्र होइन, स्वंय भारतीय सभ्य नागरिक पनि निकै पीडित रहेका छन् । त्यसैले, नेपाल–भारत सिमानामा तारवार गरेर भिषा प्रणाली लागु गर्नु पहिलो आवस्यकता हो । एसिड जस्तो अक्षम्य अपराध रोक्न अब भारतका अपराधका सिकाईहरु नेपाल भित्रन दिन हुँदैन ।
 
(चर्चित पत्रकार त्रिपाठीले समसामयीक बिषयमा कलम चलाउने गर्छन् ।)