Trending :
 

एउटै विकल्प : राजा ज्ञानेन्द्र शाहको सिंहासन

श्रावण १६,२०७७

-

 
 
● दीर्घराज प्रसाई---
 
नेपालको अस्तित्व समाप्त गर्ने खतरा नेपाली आमाकै कोखबाट जन्मिएकाहरूबाट छ । नेपालमा राजसंस्था विस्थापित भएको बेलादेखि नेपालमा चौतर्फी संकटले सीमा नाघेको छ, देशभित्र आगो लागेको छ । अव हामी नेपालीहरु अखण्ड नेपाल बचाउन निकाशको बिन्दुमा पुग्नुपर्छ ।
 
अव सार्वभौम नेपाल बचाएर देश बचाउन, नेपालको राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रको बीचमा समन्वय र संतुलन गरेर अगाडि बढ्न विश्वको एक मात्र हिन्दु अधिराज्यलाई यथावत राखेर राजा ज्ञानेन्द्रलाई सिंहसानमा आरोहण गराई सर्वपक्षीय मंत्रिपरिषदको गठन गरी निकाशको बिन्दुमा पुग्नुपर्छ । 
 
 
पृथ्वीनारायण शाहको नेतृत्वमा हिमवतखण्ड नेपालका थुपै स्वतन्त्र हिन्दु राज्यहरु–गोर्खा, नुवाकोट, कीर्तिपुर, कान्तिपुर, भक्तपुर, ललितपुर, मकवानपुर, पाल्ला, कास्की, बाइसी–चौबिसे जस्ता ५४ भन्दा बढी हिन्दु राज्यहरु एकीकरण गरेर बनेको हिन्दुअधिराज्य हो–नेपाल ।
 
राजा महेन्द्रले संसारभरि मुस्लिम राष्ट्र, इसाई र यहुदी राष्ट्र भएकाले नेपालको एकीकरण भएको बेलादेखि स्थापित हिन्दु अधिराज्यलाई २०१९ सालको संविधानमा हिन्दु अधिराज्य लेखिएको मात्र हो । यस्तो स्थापित हिन्दु अधिराज्य र राजसंस्थाको बारेमा बुझ्दै नबुझी जनमत संग्रह गर्नुपर्छ भन्नु अर्को खतरा निम्त्याउनु हो । जनमत संहग्रबाट नेपालमा राजा र हिन्दु अधिराज्य आएको होइन । राजाहरुमा पृथ्वीनारायण शाहका खलक र हिन्दु अधिराज्य दुबैमा तादाम्यता छ । यी दुबैमा कुनै एक मात्र कायम गर्न खोजियो भने पनि नेपाल बाँच्दैन ।
 
आफैले आतंकवादी भनेर टाउकाको मूल्य राख्ने कांग्रेस, एमालेका पदलुप्त नेताहरु राजा ज्ञानेन्द्रबाट प्रधानमन्त्री नपाएको रीसमा भारतीय गुप्तचर संस्था ‘रअ’ को इशारामा माओवादीका नेता प्रचण्ड, बाबुराम भट्टराईहरुसँग हात मिलाउन दिल्लीमा पुगेर १२ बुँदे सहमतिमा हस्ताक्षर गरे । यहीबाट प्रारम्भ हुन्छ नेपालमा पार्टीहरुको गद्दारी र राष्ट्रघात । 
 
सोनिया गान्धी क्याथोलीक, पी. हर्मिज क्याथोलीक, बाबुराम भट्टराई क्याथोलीक भएकाले सबै कुरा ‘रअ’ को गोप्यबाटै चल्ने भयो । यी दुइ माओवादी नेताहरुको फूट आउनै बित्तिकै भारतबाट पी हर्मिजले काठमाण्डौं स्थित ‘रअ’ का प्रमुख आलोक जोशी मार्फत यी दुबै माओवादी नेतालाई संझाएर भारतमा जाने र भारतकै भूमिमा रहेर नेपालमा आतंक मच्चाउने रणनीति अनुसार २०५९ सालदेखि नेपालका माओवादीहरु पूरै भारतीय भूमिमा सुरक्षाकासाथ राखियो ।
 
माओवादी सेनालाई भारतमा नैं ‘रअ’ बाट तालीम दिएर तयार पारिएको थियो । त्यस अवस्थामा आफैले आतंकवादी भनेर टाउकाको मूल्य राख्ने कांग्रेस, एमालेका पदलुप्त नेताहरु राजा ज्ञानेन्द्रबाट प्रधानमन्त्री नपाएको रीसमा भारतीय गुप्तचर संस्था ‘रअ’ को इशारामा माओवादीका नेता प्रचण्ड, बाबुराम भट्टराईहरुसँग हात मिलाउन दिल्लीमा पुगेर १२ बुँदे सहमतिमा हस्ताक्षर गरे । यहीबाट प्रारम्भ हुन्छ नेपालमा पार्टीहरुको गद्दारी र राष्ट्रघात । १२ बुँदे सहमति अनुसार जनआन्दोलन भयो । जनआन्दोलनले उग्र रुप लिन थाल्यो । भारतबाट अथाह पैसाको खोलो बगाइयो ।
 
नेपालमा राजसंस्था विस्थापित गर्न खोजिएको बेलादेखि नेपालमा चौतर्फी संकटले सीमा नाघेको छ, देशभित्र आगो लागेको छ । आगो बढदै गएपछि निभाउन सजिलो हुँदैन ।
 
 
एस डी मुनीले नैं भारतीय समाचार पत्र द हिन्दुमा १५ सितेम्वर २००८मा एक लेखमा भनेका थिए– नेपालको जनआन्दोलनका लागि एक अर्ब रुपैयाँ भारतबाट सहयोग भएको थियो । त्यो बाहेक भारतले भित्रभित्रै अरु खर्चको व्यवस्था गरेको हुनुपर्छ । जुलसमा जनआन्दोलनको अगाडि अगाडि इसाईहरुले तोडफोड, आतंकित गराउने उग्र देखिन्थे ।
 
भारतमा पनि कांग्रेस (आइए) को सत्ता ढलेर हिन्दुवादी भारतीय जनता पार्टी सत्तामा आएकाले नेपालको लागि अनुकुल समय छ । त्यसो भएकाले अव भारतीय षडयन्त्रको डर छैन । भारतीय जनता पार्टीका मरेन्द्र मोदीको सरकारसँग अव नेपालले समझदारी बढाउन सक्नुपर्छ । यही मार्गदर्शनलाई मानेर सबै पक्षले सही अवतरणको बाटो समात्नुपर्छ । यो बाहेक यो हिन्दु तथा बौद्धभूमी बचाउन अरु कुनै विकल्प छैनन् ।
 
विश्वमा रहेका एक अर्ब हिन्दु तथा २ अर्ब बुद्धिष्ट भएकाले नेपाललाई हिन्दु र बौद्धहरुको आस्थाको केन्द्रस्थल बनाउन सकिन्छ । विश्वका धर्महरुमा हिन्दु धर्म अत्यन्त उदार धर्मको रुपमा मानिन्छ । नेपाललाई हिन्दुअधिराज्य घोषित गर्ने कुरा धर्मको हिसाबले मात्र हेर्ने होइन यो त नेपालको राष्ट्रियताको स्रोतको अभिन्न अङ्ग मानिन्छ ।
 
 
विवेक र आँखामा पट्टि लगाएर ०४७ को संविधान समाप्त गर्न, अनि प्रक्रियालाई बेवास्ता गर्दै संघीयता, धर्म निरपेक्षता र गणतन्त्र स्थापित गर्न सांसदहरू (ब्युँताइएको प्रतिनिधिसभा र संविधानसभा सदस्यहरू) लागि परे । बहस गरेनन् । सुवास नेम्बाङले अग्लो आसनबाट घोषणा गरे । सदस्यहरूले ताली बजाए । बुझेर हैन । विवेकशील जनताका प्रतिनिधी बनेर हैन, नेताका अन्ध पिछलग्गु बने । उनीहरूले विवेक र सभासद बन्नुको अर्थ बुझेको भए ’धर्म निरपेक्षता’ न हिन्दु धर्मविरोधी कट्टरपन्थका रूपमा आउने थियो । न आठ वर्षमा अपमानित अवधारणाका रूपमा बिदा हुनुपर्ने थियो ।’ (युवराज घिमिरे)
 
नेपाललाई धर्मनिरपेक्ष र गणतन्त्र लाद्न खोजिएकाले विश्वभरमा हिन्दुहरु अत्यन्त दुःखी तथा आक्रोशित छन् । यसको लागि हामी नेपालीहरु ज्यानको बाजी लगाएर मैदानमा उत्रिनुपर्ने अवस्था आएको छ । विश्वको एकमात्र हिन्दुअधिराज्यको रुपमा आफ्नो पहिचान दिएर उभिएको देश हो–नेपाल । नेपालको राष्ट्रिय झण्डा, हिन्दु अधिराज्य नेपालको पहिचान हो । नेपाल हिन्दु र बौद्धको आधिकारिक थलो हो । विश्वमा १ अर्ब हिन्दुहरु सामू विश्वको एकमात्र हिन्दु अधिराज्य एउटा गौरव हो । नेपाल बुद्धको जन्मभूमि हो । विश्वमा रहेका एक अर्ब हिन्दु तथा २ अर्ब बुद्धिष्ट भएकाले नेपाललाई हिन्दु र बौद्धहरुको आस्थाको केन्द्रस्थल बनाउन सकिन्छ । विश्वका धर्महरुमा हिन्दु धर्म अत्यन्त उदार धर्मको रुपमा मानिन्छ । नेपाललाई हिन्दुअधिराज्य घोषित गर्ने कुरा धर्मको हिसाबले मात्र हेर्ने होइन यो त नेपालको राष्ट्रियताको स्रोतको अभिन्न अङ्ग मानिन्छ ।
 
विवेक र आँखामा पट्टि लगाएर ०४७ को संविधान समाप्त गर्न, अनि प्रक्रियालाई बेवास्ता गर्दै संघीयता, धर्म निरपेक्षता र गणतन्त्र स्थापित गर्न सांसदहरू (ब्युँताइएको प्रतिनिधिसभा र संविधानसभा सदस्यहरू) लागि परे । बहस गरेनन् । सुवास नेम्बाङले अग्लो आसनबाट घोषणा गरे । सदस्यहरूले ताली बजाए । बुझेर हैन ।
 
 
विदेशीले बोकाएको धर्मनिरपेक्ष, गणतन्त्र र संघीयताले नेपालको सार्वभौम एकतालाई तहस–नहस गराउन खोजियो । हिन्दु अधिराज्यमा इसाईकरणको लागि अरबौं रकम लगानी भइरहेको छ । धर्मनिरपेक्षको नाममा नेपाललाई इसाईकरण गरेर हिन्दुस्थलको अस्तित्व नैं समाप्त गर्न लागेका छन् । नेपालमा राजसंस्था विस्थापित गर्न खोजिएको बेलादेखि नेपालमा चौतर्फी संकटले सीमा नाघेको छ, देशभित्र आगो लागेको छ । आगो बढदै गएपछि निभाउन सजिलो हुँदैन ।
 
अव सार्वभौम नेपाल बचाएर देश बचाउन, नेपालको राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रको बीचमा समन्वय र संतुलन गरेर अगाडि बढ्न विश्वको एक मात्र हिन्दु अधिराज्यलाई यथावत राखेर राजा ज्ञानेन्द्रलाई सिंहसानमा आरोहण गराई सर्वपक्षीय मंत्रिपरिषदको गठन गरी निकाशको बिन्दुमा पुग्नुपर्छ । यसको लागि अदालत, नेपाली सेना संवैधानिक अङ्गहरु, तथा प्रशासकीय व्यवस्था सशक्त हुनुपर्छ ।
 
नेपालमा राजसंस्था विस्थापित भएको बेलादेखि नेपालमा चौतर्फी संकटले सीमा नाघेको छ, देशभित्र आगो लागेको छ । अव हामी नेपालीहरु अखण्ड नेपाल बचाउन निकाशको बिन्दुमा पुग्नुपर्छ ।
 
 
अतः मेरो सुझाव छ– नेपालको सार्वभौमसत्ता, एकता र यसका पहिचानहरुलाई जीवन्त राख्न संविधानमा हिन्दुअधिराज्य र संवैधानिक राजसंस्थालाई निरन्तरता दिइयोस् । नेपालको अन्धकार भविष्य छ । नेपाल अधिराज्यको स्थिरता, एकता र सुदृढ सार्वभौमसत्ता कायम राखेर अखण्ड नेपाल बचाउन अव हामी नेपालीहरु चौतर्फीरुपमा सशक्त भएर अगाडि बढ्ने कुरामा हाम्रा सम्पूर्ण प्रयासलाई केन्द्रीत गरौं ।