कर्तव्यमा चुकेका हामी
Biplabi Neupane -
∙ विप्लवी न्यौपाने-
विचरा ती आमै ! उमेर ७९ वर्ष नाघिसक्यो । उनको जवानी पनि नसकिँदै उनका पतिको देहावसान भयो । उनको आफ्नो भन्नू दुई छोरा मात्रै थिए । कति दुख गरेर, पिडा सहेर हुर्काइन्, पढाइन्, बढाइन् ती छोराहरुलाई । दुवै छोरा इन्जिनियर बने । अध्ययन पूरा गरेर राम्रो कामको खोजीमा विदेश पलायन भए । केही कमाएपछी नेपाल आए । बिहे गरे र पत्नीलाई आफ्नो साथमा लिएर गए । अहिले ती आमै वृद्धअवस्थामा छिन् । बुढेसकालमा उनको रेखदेख गर्ने छोरा बुहारी उनीसंग छैनन् । महिना मर्दा डलर त पठाउछन तर त्यो डलरले उनलाई खासै सहारा मिलेजस्तो मलाई लाग्दैन ।
आज यी दुई छोराहरु मात्रै कर्तव्यबाट विमुख बनेका छैनन् । म र हामी सबै कर्तव्यमा चुकेका छौँ । हामीले व्यक्तिगत स्वार्थका विषयलाई सर्वोपरि ठान्छौं । हामी आफूलाई कसरी सर्वज्ञानी, शक्तिशाली, सम्पन्नशाली बनाउन सक्छौं भन्ने कुरा केन्द्रित छौं । हाम्रा लागि अभिभावक, समाज, रास्ट्र र गुरु को हुन ?
तर, अहिले हाम्रो समाजमा यो कर्तव्य वन्ने लक्ष्यवाट हामी टाढा छौं । हामी अविवेकी वन्दै गइरहेका छौं । भौतिक विलासिताले हामीलाई अन्धो वनाइदिएको छ । किनकी, हामी हाम्रो कर्तव्यवाट चुक्दै गइरहेका छौं ।
के हुन् ? भन्ने विषयमा हामी खासै चासो राख्दैनौ । इतिहासमा देशले मागे मलाई बलि चढाउनु भनी गुन्गुनाउने सच्चा राष्ट्रभक्त युवा आज लोपोन्मुख अवस्थामा छन् । आजभोलिका युवामा जोश, सकारात्मक उर्जा खासै भेटिदैँन । विपि, मदन भण्डारी, लिङ्कन, मार्टिन लुथर किङ, आङ सान सुकि जस्ता देश र जनताको भलो गर्ने नेता हामीसंग छैनन् । सर्वसाधारणदेखि मन्त्रीसम्म सबै पथभ्रष्ट छन् ।
यस ब्रह्माण्डमा अनेकौं सम्बन्धहरु स्थापित छन् । सबैका आ–आफ्नै दायित्व रहन्छन् । अभिभावकले आफ्ना सन्ततिको असल भविस्य निर्माणको लागि मार्ग निर्देशन प्रस्तुत गरिरहेका हुन्छन् । परिवारलाई व्यवस्थित एवं नियंत्रित ढङ्गबाट परिचालन गर्ने, सामाजिक काममा सहभागी हुने लगायत सबैका आवश्यकता परिपुर्ति गर्नु अभिभावकका प्रमुख जिम्मेवारी बन्दछन् । मातापिता, समाजबाट पाएको अवसरलाई अनुशासनपुर्वक हासिल गर्न सक्नुपर्छ छोराछोरीले । यसैगरी जनताको सेवा र राष्ट्र निर्माणमा सक्रिय एवं समर्पित रहने व्यक्ति नेता हुन् । असहाय व्यक्तिलाई सहारा दिने मानवतावादी व्यक्ति समाजसेवी हुन् ।
छिमेकी हामी सबैको लागि पराई बन्दैछ । जब एउटा विद्यार्थी अति मेहनतसाथ पढ्छ र आफ्नो लक्ष्यमा पुग्छ तब उसले पनि आफ्नो जिम्मेवारीप्रति लाचार बन्छ । हिजो चुनाव जित्नका लागि खुबै राष्ट्र र जनताप्रेमी बनेका हाम्रा माननीय ज्युहरु आज आफ्ना एजेन्डा पूरा गर्नमै व्यस्त हुनुहुन्छ । यति मात्र होइन् , प्रकृतिले पनि कर्तव्यदेखि बाहिरिन थालेकी छिन् ।
बिडम्बना, हामी सबैले आफ्नो कर्तव्य बिर्सदै गएका छौँ । हामी असल अभिभावक, सन्तान, गुरु, शिष्य,युवा, नेता, कार्यकर्ता, मित्र बन्न सकिरहेका छैनौं । मेरो राष्ट्र मेरा लागि आमा समान हुन् । मेरी आमा गरीब भएकाले मैले उनलाई प्रेमपुर्वक हेर्न सकेकी छैन् । उनको विपन्नतामा मैले घृणा प्रकट गरिरहेकी छु । म डिजिटल अर्थात प्रविधिको युगमा छु । म अत्याधिक समय ईन्टरनेटमा बिताउछु । हामीसंग एकअर्काको भावना बुझ्ने फुर्सद छैन् ।
छिमेकी हामी सबैको लागि पराई बन्दैछ । जब एउटा विद्यार्थी अति मेहनतसाथ पढ्छ र आफ्नो लक्ष्यमा पुग्छ तब उसले पनि आफ्नो जिम्मेवारीप्रति लाचार बन्छ । हिजो चुनाव जित्नका लागि खुबै राष्ट्र र जनताप्रेमी बनेका हाम्रा माननीय ज्युहरु आज आफ्ना एजेन्डा पूरा गर्नमै व्यस्त हुनुहुन्छ । यति मात्र होइन् , प्रकृतिले पनि कर्तव्यदेखि बाहिरिन थालेकी छिन् ।
आजभोलिका युवामा जोश, सकारात्मक उर्जा खासै भेटिदैँन । विपि, मदन भण्डारी, लिङ्कन, मार्टिन लुथर किङ, आङ सान सुकि जस्ता देश र जनताको भलो गर्ने नेता हामीसंग छैनन् । सर्वसाधारणदेखि मन्त्रीसम्म सबै पथभ्रष्ट छन् ।
ब्रह्माण्डको सुरक्षा त उनको हातमा छ नि ! किन उनले पनि विभिन्न दैवी प्रकोप जस्तै, भुकम्प, बाढी, पहिरो, विश्वव्यापी महामारी मार्फत लाखौं निर्दोष मान्छेहरुको ज्यान लिरहेकी छिन् ? आजभोली बलात्कार, हत्या, चोरीडकैती, एसिड आक्रमण जस्ता अविवेकी कार्यहरुले फराकिलो रुप धारण गरेको छ । यसमा त म हाम्रो संस्कार, अभिभावक र कानुनको दोष देख्दछु । यिनिहरुले आफ्नो दायित्व नबिर्सिएको भए सायद घट्दैनथे यस्ता घटना ! हामी अधिक विलासी बन्नाले हामीलाई कोरोना जस्ता भयानक महामारीको सामना गर्नुपरेको छ ।
मानौं, तपाईंसंग प्रशस्त सम्पत्ति छ । तपाईंको घरमा काम गर्ने व्यक्ती छन् । तपाईंलाई खाना पकाएर भान्सामा खानका लागि मात्रै बोलाउछन भने मनमनै तपाईंले चम्चाले खाना खुवाउने मान्छेको खोजी गर्न थाल्नुहुन्छ । त्यसैले भौतिक सुखसुबिधाबादी मुलुकको सिको गर्दा आज हाम्रो पहिचान, परम्परामा गिरावट आएको छ । पारिवारिक माया ममता कमजोर बन्दै गएको छ । कोरोनाको बेला जसरी हामीले भौतिक र सामाजिक दुरि भन्दै कायम गरेका छौं त्यसैगरि, आज हाम्रो प्रचलन, बुझाइमा पनि यस्तो दुरि कायम हुन थालेको छ । जसले हामीलाई हाम्रो कर्तव्यबाट बाहिरिन प्रेरित गर्दछ ।
म र हामी सबै कर्तव्यमा चुकेका छौँ । हामीले व्यक्तिगत स्वार्थका विषयलाई सर्वोपरि ठान्छौं । हामी आफूलाई कसरी सर्वज्ञानी, शक्तिशाली, सम्पन्नशाली बनाउन सक्छौं भन्ने कुरा केन्द्रित छौं । हाम्रा लागि अभिभावक, समाज, रास्ट्र र गुरु को हुन ?
हामीलाई कर्तव्य पाठ पढाउने पाठशाला निष्क्रिय भएको अनुभुति मैले गरेकी छु । मानव भएर हामीमा मानवीयता हुनु जरुरी छ । हामीले आफ्नो धर्म, संस्कार ,संस्कृतिको सम्मान एवं सम्बर्धन गर्न सक्नुपर्छ । मर्यादित बन्ने, असल आचरण निर्माण, नैतिकता कायम गर्न सकेमा मात्रै हामीले आफ्नो कर्तव्य स्मरण गर्न सक्छौ । तर, अहिले हाम्रो समाजमा यो कर्तव्य वन्ने लक्ष्यवाट हामी टाढा छौं । हामी अविवेकी वन्दै गइरहेका छौं । भौतिक विलासिताले हामीलाई अन्धो वनाइदिएको छ । किनकी, हामी हाम्रो कर्तव्यवाट चुक्दै गइरहेका छौं ।