भदौ १ गतेदेखि दैनिक ४८ उडान हुने

श्रावण २१,२०७७

-

साउन २१, २०७७ काठमाडौं ।
भदौ १ गतेदेखि हुने आन्तरिक व्यावसायिक उडानका लागि विभिन्न एयरलाइन्सहरुले दैनिक ४८ उडान गर्ने भएका छन् ।
 
लकडाउनको झण्डै पाँच महिनापछि शुरु हुने व्यावसायिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले ४८ वटा उडानलाई स्वीकृति दिएको जनाइएको छ ।
 
प्राधिकरणले शहरी क्षेत्रका विमानस्थल (ट्रङ्क रुट) मा ३९ वटा उडान र दुर्गममा हुने उडान (स्टल) का लागि नौ वटा गरी दैनिक ४८ वटा उडानलाई अनुमति दिइएको हो । उडान खुल्ने भएपछि आन्तरिक उडानका वायुसेवा कम्पनीले पूर्व तयारी तीव्र पारेको जनाएका छन् ।
 
बुद्ध एयर, यती एअरलाइन्स, श्री एयरलाइन्स लगायत ठूला कम्पनीले सुरक्षित उडानका लागि विशेष तयारी गरिरहेको जनाएका छन् ।
 
वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालका प्रवक्ता योगराज कँडेल शर्माले ट्रङ्क रुटमा अहिलेलाई ४८ उडान प्राधिकरणबाट स्वीकृत भएको बताए ।
 
हाललाई बुद्ध एयरले १८ वटा उडान, यती एअरलाइन्सले ११ उडान र श्री एयरलाइनस्ले ८ वटा उडानका लागि तयारी गरेको जनाएका छन् । श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले भदौ १ गतेदेखि हुने उडानको सम्पूर्ण तयारी सकिएको बताए।
 
समान तीन तीन उडान स्वीकृति पाएका सीता र समिट एयरले तीनि तीन उडानको स्वीकृति पाएका छन् भने तथा सिम्रिक एयरले दुई वटा उडान गर्ने अनुमति पाएको छ । हाललाई विमानस्थलमा प्रतिघण्टा ३५० यात्रुलाई मात्र उडान गर्ने प्राधिकरण र वायुसेवा प्रदायकबीच सहमति भएको छ ।