बुढीगण्डकी आयोजनाको मुआब्जा वितरण अन्तिम चरणमा

पुनस्थापना र पुनर्वासको कार्यक्रम भने अन्योलमा :

श्रावण २१,२०७७

-

साउन २१,२०७७ काठमाडौं ।
 
बहुचर्चित जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाको डुवान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको छ । 
 
मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको भएपनि डुवानबाट विस्थापित हुनेहरुको पुनस्थापना र पुनर्वासको कार्यक्रम भने अन्योलमा नै रहेको छ ।
 
कुल १२ सय मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्नको लागि ५८ हजार १ सय १३ रोपनी जग्गा अधिग्रहण गरि मुआब्जा वितरण गर्नुपर्ने थियो । जसमध्ये असार दोस्रो सातासम्म ४७ हजार २ सय ६१ रोपनी जग्गाको मुआब्जा वितरण भइसकेको छ ।
 
धादिङ र गोरखाको आरुघाट बजार तथा धादिङको खहरे बजार क्षेत्रको जग्गाको लामो समयसम्म मुआब्जाको दररेट नै घोषणा हुन नसकेका कारण मुआब्जा वितरणको गाँठो अड्किएको थियो । गत मंसिर १६ गते आरुघाटका बजार क्षेत्र र खहरे बजारको मुआब्जा दर घोषणा भएपछि मुआब्जा वितरणको गाँठो फुकेको थियो ।
 
बजार क्षेत्रको मुआब्जा दरमा सुरु-सुरुमा केही असन्तुष्टि रहेपनि अहिले स्थानीयहरुले मुआब्जा लिन थालिसकेका छन् । यस चालु आर्थिक वर्षमा मात्रै ५ अर्व ३८ करोड भन्दा बढी रकम ९मुआब्जा० वितरण भइसकेको छ ।