कोरोना भाइरसः हाम्रो शिक्षा र व्यवहारिकता

श्रावण २६,२०७७

राजकुमार खत्री

-राजकुमार खत्री

साउन २६,२०७७ काठमाडौं ।
  • राजकुमार खत्री -
 
२०१९ को नोभेम्बरबाट छिमेकी मुलुक चीनको हुवान शहरमा कोरोना भाइरसको संक्रमण फैलिएको थियो । यो भाइरस विश्वका दुई सय २० भन्दा बढी मुलुकहरुमा फैलिएको छ भने कयौं मुलुकहरुमा ठुलो क्षति पु¥याईसकेको छ ।यसबाट नेपाल पनि अछुतो रहेन । नेपालमा कोरोना भाइरसबाट २० हजार भन्दा बढि संक्रमित छन भने यो संख्या दिनानुदिन बढिरहेको छ । भाइरसका कारण ७५ बढि मानिसले ज्यान गुमाईसकेका छन् ।
 
नेपाल सरकारले गत चैत्र ११ गतेबाट मुलुकमा पुर्ण रुपमा लकडाउन गरेको थियो । यद्यपी अर्थतन्त्रलाई पनि चलाउनुपर्ने भएकाले परिस्थितिलाई मध्यनजर गर्दै गत साउनबाट लकडाउन अन्त्य गरेको छ ।  लकडाउनको अन्त्यको घोषणा गरेतापनि संक्रमणको दर बढ्न थाले पछि पुनः सटडाउनको घोषणा भएको छ । 
 
कुनै पनि प्राकृतिक विपत्तिको पूर्व योजना तथा तयारी नहुनुले नेपालमा कोरोनाको प्रत्यक्ष असर पछिल्ला दिनहरुमा झनै बढेको छ । कोरोना भाइरसको परिक्षणका लागि टेकुमा रहेको एक मात्र प्रयोगशालाले परिक्षणको दायरालाई फराकिलो बनाउँन कठिन भए पछि सरकारले मुलुकका दर्जनौ ठाउँमा कोभिड १९ को परिक्षण गर्ने प्रयोगशाला निर्माण गरेको छ । ति प्रयोगशालाबाट दैनिक सरदर पाँच सयको संख्यामा संक्रमित पुष्टि हुने गरेको तत्थ्यङक सरकारले सार्वजनिक गर्दै आएको छ ।
 
आन्तरिक तथा बाह्य उडान बन्द गरिएता पनि छिमेकी मुलुक भारतसंग नेपालको सिमाना खुल्ला भएका कारण मानिसहरुको आवागमनलाई नियन्त्रण गर्न ध्यान नपु¥याईदा नेपालका दुरदराजमा भाइरस फैलदै गएको छ । मुलुका ७७ वटै जिल्लामा भाइरस  फैलिसकेको छ । कतिपय जिल्लाहरु कोरोनामुक्त पनि हुदै गएका छन् ।
 
स्थानीय सरकारले आइसोलेसन र क्वारेन्टाईनको व्यवस्थामा ध्यान दिएता पनि त्यो पर्याप्त भएको देखिदैन । केही ठाउँमा बनाईएका क्वरेन्टाईनहरु संक्रमित बस्न योग्य छैनन् र र त्याहाँबाट झनै संक्रमण फैलिएरहेको भन्ने समाचारहरु पनि दिनप्रतिदिन आईरहेका छन । त्यति मात्रै  नभएर त्यस्ता क्वारेन्टाइनमा रहेका बालबालिका तथा महिलाहरुमा हिंसा बढेको घटनाहरु पनि सार्वजनिक भएका छन् । 
 
नागरिकको सुरक्षा, राहात र उद्धारमा सरकारले विशेष ध्यान पु¥याउनु पर्ने समयमा सरकार संचालन गर्ने पार्टीमा बढ्दै गरेको आन्तरिक बिवादले झनै समस्या बढाएको छ । औषधी खरिदमा भएको लापरबाही, गैरजिम्मेवारीपन जस्ता कुराहरुले जनतामा निराशा छाएको  छ । 
 
कोरोना संक्रमित बढिरहेका छन । पुर्ण रुपमा लकडाउन गर्नुपर्ने बेलामा लकडाउन हटाउनु र पिसिआर परिक्षणको दायरा बढाउन नसक्नुले जोखिम झनै बढिरहेको छ । सरकारले धेरै भन्दा धेरै पिसिआर परिक्षण गराएर नागरिकलाई सुरक्षित बनाउनु पर्ने चौतर्फी आवाज उठिरहेको छ ।
 
यसको लागि केन्द्रिय सरकारले सबै प्रदेश तथा स्थानिय सरकारलाई आवश्यक प्रबन्ध सहित निर्देशन दिनु पर्दछ । सरकारले नीजि अस्पताललाई पनि संकटको बेलामा प्रयोग गरेर नागरिकलाई सहजता प्रदान गर्न सक्नुपर्ने देखिएको छ । 
 
 
शिक्षा क्षेत्रमा असरः
कोरोना भाइरसका कारण यतिबेला शिक्षा क्षेत्रमा पनि गम्भिर असर परेको छ । विद्यालयहरु बन्द छन् । विद्यार्थीहरुको पढाई तथा परिक्षाहरु अन्योलमा परेका छन । स्कुल बन्द भएको लामो समय भए पछि विद्यार्थीमा पढ्ने बानी पनि कम हुँदै गएको छ । स्कुलको वार्षिक क्यालेण्डर पनि तितरवितर भएको छ । विद्यालयमा पठन पाठन कहिलेबाट सहज हुन्छ भन्ने अझै अनिश्चित छ । 
 
अनलाईन कक्षा : 
कोरोना भाइरसका कारणले विद्यालयहरु बन्द भएपछि केही नीजि विद्यालयहरुले अनलाईन कक्षा मार्फत पढाईरहेका छन् । अनलाईन कक्षालाई सरकारले पनि समर्थन गरेको छ । यद्यपी अनलाईन कक्षामा सबै विद्यार्थीहरुको पहँुच नपुग्ने भएकाले एकदमै थोरै विद्यार्थीको संख्या मात्र उपस्थित हुँदा बाँकी छुट्न गएका विद्यार्थीको पढाई बर्बाद भएको छ । 
 
अनलाईन कक्षालाई चाहिने इन्टरनेट लगायतका प्रविधि र सामग्रीहरुको जोहो गर्न कठिन भएको अभिभावकहरुको गुनासो छ । कतिपय विद्यार्थीहरु लकडाउन भएपछि आफ्नो घर फर्किएकाले पनि शिक्षाबाट बञ्चित भएका छन् । 
 
उल्लेख्य संख्यामा भरिभराउ कक्षामा पढ्ने र पढाउने कार्य अहिले ४-५ जना विद्यार्थीको उपस्थितिमा सीमित भएको छ । तै पनि नीजि विद्यालयका शिक्षकहरुले नियमित कक्षा लिईरहेकै छन् । नियमित अनलाईन कक्षामा पढाएतापनि पाउनु पर्ने पारिश्रमिक समयमा नै नपाएर नीजि विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरु आन्दोलित हुनुपरेको यथार्थ दुःखद हो । 
 
 
सरकारी विद्यालयमा कार्यरत शिक्षकहरुले घरमा बसेर पनि पारिश्रमिक पाईरहने अर्थात कुनै कक्षा लिन बाध्यकारी नहुने यस्तो विभेदकारी प्रणाली आफैमा ठीक होइन कि ? अभिभावकले पनि आफ्ना नानीबाबुहरुलाई यो समयमा सकेसम्मको ख्याल गर्नुपर्ने देखिन्छ । 
 
यातायात क्षेत्रमा असर :
भाईरसका कारणले यातायात क्षेत्रलाई पनि तहसनहस बनाएको छ । सार्वजनिक बस सञ्चालन नहँुदा हजारौ यात्रुलाई मर्का मरेको छ । यसले हजारौ श्रमजिवि वर्गलाई झन संकटमा पारेको छ । यस क्षेत्रसंग जोडिएका सबै पक्षहरु पिडामा परेका छन् ।
 
 
पछिल्लो समयमा सार्वजनिक बसहरु सञ्चालन गरिएता पनि विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम अपनाईएको पाईदैन । चालक, सहचालक तथा यात्रुले अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने मास्क तथा पञ्जा प्रयोग नगर्ने तर्थात प्रयोग गरे पनि सहि तरिकाले नगर्ने बानीले झनै जोखिम बढाएको छ । उपत्यका बाहिर पनि भदौं १५ बाट सञ्चालन गर्ने सरकारले निर्णय रहेको छ ।
 
यो विश्वव्यापी संकटको बेला हो । विकसित मुलुकहरु पनि यो संकटको सामना गरिरहेका छन । हामी सबैले यस्तो माहामारीको बेलामा आफु पनि बच्ने र अरुलाई पनि बचाउने समय हो । 
 
भनिन्छ, सेवा नै धर्म हो । सकेसम्मको सहयोग अरुलाई प्रदान गरेर संकटको घडिमा सामुहिक सामना गर्न सिक्नु जरुरी छ । यस्तो बेलामा धेरै सत्य, तथ्यपरक समाचारहरु सुन्ने, अनावश्यक घरबाहिर ननिस्कने, निस्कनु परे पनि विश्वस्वास्थ्य संगठनले भनेका कुराहरु हामी आफैबाट पालना गर्ने बानीको बिकास गरौं । कोरोना भाइरसबाट बचौं र बचाऔं ।