भाईरल डिल्लीराम खनालसँगको अत्यन्त रोचक र घोचक अन्तर्वार्ता हेर्नुहोस !

........ मैले त सारै सम्मानित भाषा बोलिरहेको छु ,.....तपाईको अन्तर्वार्ता सकिएपछि तपाईलाई म भन्दिउला अश्लिलता हुन्छ क्ये .......

श्रावण २८,२०७७

-

२८ साउन २०७७ , काठमाडौँ l 

डिल्लीराम खनाल तिखो र पेचिलो ढंगले कटाक्क्ष गर्ने सामाजिक संजाल मार्फत चर्चित व्यक्ति हुनु l खनाल केहि समय पहिले काठमाडौँको माईतीघरमा एक पत्रकारको प्रश्नको जवाफदिने क्रममा मोटरसाइकलबाट अप्रत्यासित किसिमले पक्राउको दृश्य सामाजिक संचालमा प्रसारण भए पछि एकाएक चर्चित भएका थिए l उनले प्रधानमन्त्री देखि प्राय जसो सबै दलका शिर्ष नेताहरुको कार्यशैली प्रति प्रस्तुत गर्ने अभिव्यक्ति रोचक तथा अत्यन्त घोचक हुने गर्दछ जसका कारण उनि चर्चित पनि छन् l यिनै चर्चित पात्र डिल्लीराम खनाल संग आस्था न्युजका सम्पादक पारस पोखरेलले समसामायिक राजनीतिक लगायत अन्य घोचपेचको बिषयमा लिनुभएको  भिडियो अन्तरबार्ता यहाँ प्रस्तुत गरिएको छ l माथि क्लिक गरी अन्तर्वार्ता हेर्न सक्नु हुन्छ l 

 

झापाको दमक स्थायी घरभई हाल काठमाडौँको तीनकुनेमा बस्नुहुने डिल्लीराम खनालको दैनिकी बिहान उठ्ने , हल्का ब्यायाम र ब्याटमिन्टन खेल्ने, प्राय जसो पत्रपत्रिका पढ्ने , अध्ययन गर्ने , दिन देखि  साझ सम्म अन्तर्वार्ता , भेटघाट र राजनीतिका बहसमा बित्ने गरेको छ l राजसंस्थाको पुनर्स्थापना र हिन्दु अधिराज्य सहितको नेपाल राज्य हुनुपर्ने राजनीतिक बिचार बोकेका खनाल आफु भने पुर्व एमाले संग सम्बन्धित ब्यक्ति हुन l

नेपालको कम्युनिष्ट सरकार कमाउनिष्ट हुन् र अहिलेको सरकारलाई  बिदेशी दलालको  संज्ञा दिने खनाल अहिलेको व्यवस्था असफल भएको भन्दै अब व्यवस्था परिवर्तन गर्ने बेला आएको बताउछन l "स्वयम् प्रधानमन्त्रीले नि अब ,  ट्रेड मार्क हो यो हँसिया हथौडा भन्ने कुरा ....."भन्दै कम्युनिष्ट नरहेको बताउदै " हाम्रै राज्यको बलात्कारीक झुण्डमा रहेका यीनलाई कसरी हाम्ले कम्युनिष्ट मान्ने," भन्छन खनाल l

आलोचना गर्नु त ठिकै हो सरकारको , आलोचना पनि गर्नुपर्छ तर आलोचना गर्ने भाषा पनि हुन्छ होला नि भन्ने प्रश्नको जवाफमा " तपाईले मलाई अघि कम्युनिष्ट भन्नुभयो नि ......... मैले त सारै सम्मानित भाषा बोलिरहेको छु ,.....तपाईको अन्तर्वार्ता सकिएपछि तपाईलाई म भन्दिउला अश्लिलता हुन्छ क्ये " भन्ने जवाफ  अन्तर्वार्ताका क्रममा दिन्छन् खनाल l

कांग्रेसलाई काला कांग्रेस भन्दै यिनीहरुले बेचेर खाएर बाकि रहेको अस्थिपन्जर सरहको उद्योग संचालन गरे दसौ लाखले रोजगारी पाउने भन्दै दैनिक ८- १० जना नेपालीको लाश आउने र सरकारमा बस्नेले गिद्ध सरी लाश खाईरहेको आशयको अभिव्यक्ति अन्तर्वार्तामा खनालले प्रस्तुत गरेका छन् l डिल्लीराम खनाल भन्छन् "......आफ्नो देशको युवालाई मारेर साशन सत्तामा बस्ने .त्यो सबै लाश खाएको होईन, लाश हुन्छ नि शिनो लुसेको जस्तो लुसेर खाईरहेका छैनन्  ..? हाम्रो देशको युवायुवतीको लाश खाने यी त गिद्ध हुन् , मान्छे हुन् र भन्या .......,"

 

होलि वाईन प्रकरण , राजनीतिक, धार्मिक, प्रेम लगायत समसामायिक बिषयमा गरिएको सिधा प्रश्नमा उनले दिएको जवाफ यस अन्तर्वार्तामा हेर्न सक्नुहुन्छ l यस अन्तर्वार्तालाई पुराहेरी यहाँको कुनै प्रतिक्रिया वा सुझाब भए कमेन्ट गरिदिनुहुन आग्रह गर्दछौ