निर्मला पन्तलाई न्याय कहिले सरकार ?

भाद्र ०३,२०७७

Sabina Khatiwada

-

 
 सविना खतिवडा---
 
बालिका निर्मला पन्तको वलत्कारपछि हत्या भएको दुइ बर्ष नाघिसकेको छ । सरकारले अझै हत्यारा पत्ता लगाएको छैन । सारा नेपालीले हत्यारा खोज्न दवाव दिइरहेका छन् । सरकारले हत्यारालाई पत्ता लगाएर कारवाही गर्न पहल गरेको छैन ।
  नेपालमा मानवीय अपराधपूर्ण कार्यहरू व्यापक रुपमा बढेको छ । धन, तन र स्वार्थको लागि मानिसले मानिसलाई राक्षसको व्यवहार गर्दै आएका छन् । नेपालमा यस्ता थुप्रै घटनाहरु घटेका छन्, जसमा अपराधी अझै पहिचान गर्न सकिएको छैन । 
 
कसैले बिना गल्ती ज्यान गुमाउन परेको छ । तर पीडा बोकेर जाँदा प्रहरी पनि भोलि भोलि भन्दै टारिरहेको छ । ती पीडितहरुले भोलिलाई कुर्दाकुर्दै आश पनि मरिसक्यो । आज देशमा हजारौं पीडित परिवारलाई देख्दा कसको मन नरोला ? तर आज अपराधी आँखा अगाडी नै नांचिरहदा पनि सजाए दिएको छैन । कस्ले भन्छ राणा शासन हट्यो भनेर ? नेपालमा राणा शासन हटेको रहेनछ । यो राजनीति परिवर्तन केका लागि ? उही नेताका लागि ? जनताका लागि खोई न्याय ? 
 
 
यहाँ बालक अपहरण भएको नौ वर्षसम्ममा पनि अपराधी भेटिएको छैन । एउटा परिवारलाई आफ्नो परिवारका सदस्यको धेरै माया हुन्छ । तर अकालमा कुनै सदस्य गुमाउनुको पीडा पीडित परिवारलाई जति कसलाई थाहा होला र ? निर्मलालाई अझै न्याय दिन सकिएको छैन । यहाँ ठूलाबडा लाई चैन र सानालाई मात्र ऐन लाग्छ । ठूलाबडा मानिनेहरु आफ्नो क्षमताको प्रयोग गर्दे घुसखोर गरेर आपराधिक कार्य गरिरहेका हुन्छन् । 
 
तर डर लाग्दो कुरा त यो छ कि कतिपय मानवरक्षक भनिएका केहि प्रहरी नै विभिन्न आपराधिक कार्यमा संलग्न छन् । हामीले सुनेका र देखेका पनि छौं । केही अपराधीहरु कानुन मिचेर खुल्ला आम मोज गरिरहेका छन् । अहिले नेपालमा हिंसा, हत्या, बलत्कार जस्ता अपराधपुर्ण कार्य बढिरहेको छ । धेरै नारीहरु बलात्कृत हुन पुगेका छन् । केही दुर्गम ठाउँहरुमा प्रत्येकदिन नारीहरु हराइरहेका छन् । आफ्नो सुन्दर भबिस्यको लागि सपना सजाएर रमाइरहेका ती नारीहरुलाई कोठीमा बन्दी गराइन्छ । यो कहालीलाग्दो विषय छ । 
 
अब हरेक आपराधिक कार्यमा लाग्नेलाई मृत्युदण्डको सजाए दिनुपर्छ । किनकी, अरुको जीवन बर्बाद गर्नेलाई बाँच्ने कुनै अधिकार छैन । यहाँ अझै पनि एउटी नारी एक्लै हिँड्न सक्ने वातावरण छैन ।  कसैले मायाको नाटकमा अर्काको बदनाम गरिरहेका छन । अर्काको नामको फेक फेसबुक आइडी बनाएर साइबर अपराध गरिरहेका छन् । विदेशमा राम्रो रोजगार मिलाइदिन्छु भन्दै चेलीबेटी बेचबिखन गरिरहेका छन् । अहिलेसम्म पनि हजारौं निर्मलाहरुले न्याय पाएका छैनन् । 
 
 
 
आज मानव राक्षसमा परिणत हुँदैछन् । कतिपय ठाउँमा आतंकवादीहरुले त्रास फैलाइरहेका छन् । कुन दिन मरिने हो भन्दै धेरै परिवारहरू अनिन्द्रा बस्न बाध्य छन् । हरेक मानिसलाई आफ्नो जीवन हाँसेर जिउने रहर हुन्छ । तर यहाँ केही राक्षसहरुको जन्म भएको छ, जसले अरूको खुसी लुटिरहेका छन । यहाँ जातजाति, धर्म, वंशको विभेदमा एउटाले अर्काको हत्या गरिरहेका छन् । कतिपय दुर्गम ठाउँहरुमा एउटी बेसहारा महिलालाई अन्धविश्वासको झुप्रोमा विभिन्न आरोपहरु लगाइरहेका छन् । धामी झाँक्रीलाई विश्वासगरि कुनै एउटी नारीलाई बोक्सी, किचकन्नी, जस्ता घिन लाग्दो शब्द प्रहार गरिरहेका छन् । कतिपय नारीहरू ती चोट सहन नसकी आत्महत्या गर्न बाध्य छन् । यो हाम्रो समाजले गरेको अपराध हो । हाम्रो समाज नै अपराधीलाई प्रोत्साहन गरिहरेको छ ।
 
आज मानिस किन पशुभन्दा तल छन ? कोही मान्छे बोक्सी हुँदैनन्, यो त हाम्रो समाजले जन्माएको अन्धविश्वासको गलत पाटो हो । यस्ता अपराधिक कार्य रोक्नुपर्छ । यहाँ त नारीलाई बाँच्ने अधिकार नै रहेनछ । नारी भएर जन्मिनु त डर रहेछ । तर ती नालायक राक्षसहरुलाई जीवन दिने पनि एउटी नारी नै हुन । जसले हरेक दुख झेलेकी हुन्छिन् । तर आज हाम्रो समाजमा जोगिन कठिन छ । धेरै  बुद्धिमान मानिएको प्राणी मानिस आज पशुभन्दा तल छ । यहाँ धनी र ठूलाबडाले अपराध गरे भने कानुन फितलो हुन्छ । कानुन बन्छ, तर त्यो केवल बोलीमा मात्र सीमित हुन्छ । व्यवहारमा लागू गरिँदैन । आज कैयौं परिवारले आफ्नो छोराछोरी हराउँदा पनि न्याय पाइरहेका छैनन् । सानातिनाहरुको आवाज यहाँ कस्ले सुन्छ  र ? यहाँ व्यथा सुनाउन त पैसा तिर्नुपर्छ । 
 
आज मानव राक्षसमा परिणत हुँदैछन् । कतिपय ठाउँमा आतंकवादीहरुले त्रास फैलाइरहेका छन् । कुन दिन मरिने हो भन्दै धेरै परिवारहरू अनिन्द्रा बस्न बाध्य छन् । हरेक मानिसलाई आफ्नो जीवन हाँसेर जिउने रहर हुन्छ । तर यहाँ केही राक्षसहरुको जन्म भएको छ, जसले अरूको खुसी लुटिरहेका छन । यहाँ जातजाति, धर्म, वंशको विभेदमा एउटाले अर्काको हत्या गरिरहेका छन् । कतिपय दुर्गम ठाउँहरुमा एउटी बेसहारा महिलालाई अन्धविश्वासको झुप्रोमा विभिन्न आरोपहरु लगाइरहेका छन् ।
 
 
यहाँ जन्मकैद गरिएको केहि अपराधीहरू केहि वर्षमै जेलबाट मिलोमतोमा निस्केका छन् । एउटा अपराधीलाई बचाउने अर्को व्यक्ति महाअपराधी हुन् । गौतम बुद्ध जन्मेको शान्तिको देश नेपाल आज कहालीलाग्दो भुमरीमा फसेको छ । यहाँ एउटी नारीले अर्को नारीको भावनामाथि पनि खेलवाड गरिरहेका छन् । यहाँ कतिपय बालबालिकालाई सानै उमेरमा कठिन काम लगाईने गरिएको छ । अहिले २१ औ शताब्दीमा पनि दाइजो माग्ने चलन छ । भनेजति दाइजो नदिए श्रीमतीको हत्या समेत गर्ने गरेका छन् । के मान्छेको ज्यान भन्दा सम्पति ठूलो हो र ? कदापि हैन । यो हाम्रो समाजमा जरा गाडेको अर्को अपराध हो ।
 
 यस्ता राक्षसहरूलाई जति भनेपनि लाग्दैन । अब हरेक आपराधिक कार्यमा लाग्नेलाई मृत्युदण्डको सजाए दिनुपर्छ । किनकी, अरुको जीवन बर्बाद गर्नेलाई बाँच्ने कुनै अधिकार छैन । यहाँ अझै पनि एउटी नारी एक्लै हिँड्न सक्ने वातावरण छैन ।  कसैले मायाको नाटकमा अर्काको बदनाम गरिरहेका छन । अर्काको नामको फेक फेसबुक आइडी बनाएर साइबर अपराध गरिरहेका छन् । विदेशमा राम्रो रोजगार मिलाइदिन्छु भन्दै चेलीबेटी बेचबिखन गरिरहेका छन् । अहिलेसम्म पनि हजारौं निर्मलाहरुले न्याय पाएका छैनन् । एउटा परिवारले न्यायको लागि प्रहरीको ठूलो आस गर्दछ । तर आज ती आस गरेका सासहरु मर्दै गएका छन् । अरुको सुन्दर जीवन लुट्ने अपराधीहरू लुकिरहेका छन् । आफ्नो परिवार त गुमे तर न्याय नपाउँदा  पीडितको आत्मा धेरै रोएको छ । 
 
अहिले नेपालमा हिंसा, हत्या, बलत्कार जस्ता अपराधपुर्ण कार्य बढिरहेको छ । धेरै नारीहरु बलात्कृत हुन पुगेका छन् । केही दुर्गम ठाउँहरुमा प्रत्येकदिन नारीहरु हराइरहेका छन् । आफ्नो सुन्दर भबिस्यको लागि सपना सजाएर रमाइरहेका ती नारीहरुलाई कोठीमा बन्दी गराइन्छ । यो कहालीलाग्दो विषय छ । 
 
यहाँ दुःख पर्दा पीडा दिने धेरै छन् । नेताहरुलाई केही समस्या पर्यो भने नेपाल नै बन्द हुन्छ, हड़्ताल हुन्छ । वर्षोंसम्म टेलिभिजनमा त्यही कुरा चल्छ । तर यहाँ गरीबलाई पीडा पर्दा सुनिदिने को छ  र ? कोही छैन । कतिपय व्यक्तिहरु झुटो समस्या देखाएर सहयोग मागिरहेका हुन्छन् । यहाँ धनसम्पत्तिको निहुँमा आफ्नै दाजुभाइको काटमार हुन्छ । हामीलाई हाम्रो समाजले धनसम्पति नै ठूलो हो भनेर गलत शिक्षा दिएको छ । 
 
यो बुझ्न अत्यन्त जरुरी छ । कसैले बिना गल्ती ज्यान गुमाउन परेको छ । तर पीडा बोकेर जाँदा प्रहरी पनि भोलि भोलि भन्दै टारिरहेको छ । ती पीडितहरुले भोलिलाई कुर्दाकुर्दै आश पनि मरिसक्यो । आज देशमा हजारौं पीडित परिवारलाई देख्दा कसको मन नरोला ? तर आज अपराधी आँखा अगाडी नै नांचिरहदा पनि सजाए दिएको छैन । कस्ले भन्छ राणा शासन हट्यो भनेर ? नेपालमा राणा शासन हटेको रहेनछ । यो राजनीति परिवर्तन केका लागि ? उही नेताका लागि ? जनताका लागि खोई न्याय ? 
 
अब जनता सडकमा आइसके । नेपालको सरकार र यहाँको न्यायालयले न्याय दिएन भनेर विश्वभरि फैलिसक्यो सरकार । जबसम्म न्याय मिल्दैन, हामी सोधिरहेछौं, र खबरदारी गरिरहनेछौं । निर्मला पन्तलाई न्याय कहिले सरकार ?
 
 
नेपालमा नेताको छोराछोरी नेता, प्रहरीको छोराछोरी प्रहरी हुनैपर्छ । उनीहरूलाई कानुन लाग्दैन । कानुन त सानोतिनोलाई मात्र बन्ने रहेछ । अब हामी सचेत हुन जरुरी छ । हामी सबै नारीहरुको एउटै आवाज हुनुपर्छ । हाम्रा हजारौं दिदीबहिनी, दाजुभाईहरुले अब पीडित निर्मलाहरुको न्यायको लागि आवाज उठाउनुपर्छ । 
 
यहाँ मृत्युदण्डको नियम हुने हो भने, आपराधिक कार्य घट्दै जाने थिए भन्ने आवाज उठ्न थालेको छ । तर यहाँ अपराधीलाई बाटो खुलाइएको छ । यहाँ नियम कानुन त तरकारीको नाम हो । पकाइन्छ, खाइन्छ । अब हामी चुप बस्न हुँदैन । अपराधीलाई छोड्नु हुँदैन । प्रहरीको ध्यान जाओस् । न्यायालयले विवेक पुर्याओस । विशेषगरि, सरकारले महत्वपूर्ण भूमिका निभाउनुपर्छ । हरेक व्यक्तिले न्याय पाउनुपर्छ । जब, हामी सारा जनता न्यायको लागि बोल्नेछौं, अनि अपराधीका उन्मुक्तिका दिन जानेछन् । हामीले त्यस्ता अपराधीलाई कसुर अनुसारको सजायँ दिनुपर्छ ।  नत्र ती पीडितको आत्माले सराप दिनेछ ।
 
बालिका निर्मला पन्तको वलत्कारपछि हत्या भएको दुइ बर्ष नाघिसकेको छ । सरकारले अझै हत्यारा पत्ता लगाएको छैन । सारा नेपालीले हत्यारा खोज्न दवाव दिइरहेका छन् । सरकारले हत्यारालाई पत्ता लगाएर कारवाही गर्न पहल गरेको छैन ।
  नेपालमा मानवीय अपराधपूर्ण कार्यहरू व्यापक रुपमा बढेको छ । धन, तन र स्वार्थको लागि मानिसले मानिसलाई राक्षसको व्यवहार गर्दै आएका छन् । नेपालमा यस्ता थुप्रै घटनाहरु घटेका छन्, जसमा अपराधी अझै पहिचान गर्न सकिएको छैन ।
 
ज्यान जाओस् तर सच्चा काम गर्न झुक्नु हुँदैन । म हिंसा गर्दिन, अन्याय सहन्न र अपराधीलाई बाँकी राख्दिन । सामाजिक कार्यमा लागिरहने छु । आज मैले जसरी सारा असल नेपाली नागरिकलाई सोधिरहेछन्,‘ हे सरकार, निर्मला पन्तले न्याय कहिले पाउँछिन् ?’ अब जनता सडकमा आइसके । नेपालको सरकार र यहाँको न्यायालयले न्याय दिएन भनेर विश्वभरि फैलिसक्यो सरकार । जबसम्म न्याय मिल्दैन, हामी सोधिरहेछौं, र खबरदारी गरिरहनेछौं । निर्मला पन्तलाई न्याय कहिले सरकार ?
 
-गल्छी – २ धादिङ -
(हाल अध्ययनरत सविना खतिवडा सामाजिककर्ता हुन् ।)