राजनीति पुर्वाग्रहले पिल्सिएको मेरो गाउँ

भाद्र १२,२०७७



 
 
 ∙   विप्लवी न्यौपाने  ---
 
 मेरो सानो, विकासशील गाउँ विहादी ।  कृषि, वैदेशिक रोजगार, निजामति सेवा, सानोतिनो व्यापार यहाँका मान्छेहरुको मुख्य पेसा । आजभोलि थोरै मात्र युवाहरु गाउँमै परिश्रम गरिरहेका छन् । प्राय युवाहरु परदेशमा, सहरमा पलायन भए । मेरो प्यारो ठाँउ संगसंगै आज राष्ट्रका हरेक क्षेत्रमा राजनीति निकै नै धमिलो बन्दै गइरहेको छ ।
 
राजनीतिको अर्थ बदलिएको छ । युवाको कर्तव्य पालनाको स्वरुप नै बदलिँदो छ । आज मैले स्वतन्त्र नागरिक भेटाउन सकेकी छैन । आफ्नो गाउँ , नगर, बस्तीलाई निस्वार्थ रुपले सच्चा माया दिने व्यक्ति यहाँ छैनन् । आ–आफ्ना पक्षको समर्थन गर्दैमा ठिक्क छ युवा अभियन्ताहरुलाई । २० वर्ष पनि नलागेका युवामा पार्टी धारणा फरक भइ एकआपसमा मिल्न नसकेर सार्वजनिक योजनाहरु सफल नभएको देख्दा त मलाई निकै दुख लाग्छ । पार्टीप्रतिको यत्रो मोह आखिर केका लागि ?
 
सेवाको भाव, विवेक, सकारात्मक चिन्तन नभएसम्म हामी देशमा विकासका सम्भावना देख्न सक्दैनौं । कसैले राम्रो काम गर्दैछ भने उसलाई प्रेरणा दिने हो । न कि दल हेरेर उसलाई कसरी गिराउने होइन । 
 
केहि समय अगाडि मैले विहादीको सबैजसो भेग मज्जासंग घुमे । काङ्ग्रेस समर्थक एवं अभियन्तासंग भेट्दा फलानी काङ्ग्रेस रे । कम्युनिस्टसंग बोल्यो, कम्युनिस्ट बनियो । आज मैले सेवा गर्ने इच्छा राखेर  अशक्तहरु कहाँ गए भने त्यहाँ पनि मलाई राजनीतिको भर्र्याङ् चड्ने तयारी रे । सत्तारूढ दल र प्रतिपक्षी दलका युवाहरुको आपसी भिडन्त देखेर म छक्क पर्छु ।  यस कोविड–१९ महामारीका बेला समेत युवाहरु भोलिको सत्ता, विलासिता सम्झिएर प्रतिस्पर्धा गरिरहेका छन्, ।
 
चुनाव कहिले होला भनेर तयारीका साथ पर्खिरहेका छन् । कुनै पार्टीमा आस्था राख्नु, चिन्तन गर्नु, धारणा राख्नु कुनै खराबीपन हैन । तर यस्तो  अस्वच्छ वातावरण बनाउनु स्वयं र राष्ट्रको सन्दर्भमा घातक छ । युवालाई त राष्ट्र निर्माणका मेरुदण्ड मानिन्छ । देशमा सुशासन, समृद्धि ल्याउन सक्ने खुबी युवामा हुन्छ ।  सेवाको भाव, विवेक, सकारात्मक चिन्तन नभएसम्म हामी देशमा विकासका सम्भावना देख्न सक्दैनौं । कसैले राम्रो काम गर्दैछ भने उसलाई प्रेरणा दिने हो । न कि दल हेरेर उसलाई कसरी गिराउने होइन ।
 
अर्कालाई हानी पुर्याउने खालको प्रतिस्पर्धा केका लागि ? मर्ने कुरा निश्चित छ । राम्रो गर्नेलाई सहयोग गरौं । नराम्रो गर्नेलाई सल्लाह सुझाव दिउँ । अर्काको कुभलो सोच्नेको कहिले भलो हुँदैन । दिमागलाई धेरै तनाव नदिनु । रोगको शिकार बन्नुपर्ला । खुशी, सुखी अनि शान्त बन्ने एवं बनाउने तयारीमा लागौं । चुनावको कुरा त्यही बेलामा सोचौंला । 
 
 
 
आजभोलि थोरै मात्र युवाहरु गाउँमै परिश्रम गरिरहेका छन् । प्राय युवाहरु परदेशमा, सहरमा पलायन भए । मेरो प्यारो ठाँउ संगसंगै आज राष्ट्रका हरेक क्षेत्रमा राजनीति निकै नै धमिलो बन्दै गइरहेको छ ।